कोरोनाका कारण प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार १७:५४:५५
८ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले संविधानबमोजिम सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन (हिउँदे अधिवेशन) आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेको छ ।
कोरोनाबाट उत्पन्न वर्तमान परिस्थितिका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभा सचिवालयद्वारा आइतबार प्रकाशित सूचनामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रानुसार प्रदेशसभाको हिँउदे अधिवेशन विसं २०७७ वैशाख ७ गते राति १२ बजे लागू हुने गरी अन्त्य गरिएको उल्लेख गरिएको छ ।
गएको माघ ६ गते शुरु भएको हिँउदे अधिवेशनले पारित गरेको ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अन्य पाँच वटा विधेयक छलफलका क्रममा रहेका थिए । विधेयक अधिवेशनका रूपमा लिइने हिँउदे अधिवेशनको जारी बैठक गएको फागुन ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभामुखले स्थगन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार