गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २०:२५:२९
८ वैशाख, बैतडी । सुर्नया गाउँपालिकाले घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहेपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिएका छन् । गाउँपालिकाले दोस्रो चौमासिकका सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । पहिलो दिन बिजुल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष लीला विष्ट, वडा सचिव दानसिंह विष्ट, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । यसपछि बाँस र गोयलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ भने वैशाख ९ गते डुङरीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिएका छन् ।
वैशाख १० गते तडीगाउँ र साविकको भौनेलीको वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ । सुर्नया गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको उल्लङ्घन गरेर कुखुरा वितरण गरेको प्रतिनेपाली काँग्रेस दोगडाकेदार गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको छ ।
काँग्रेसका सो गाउँपालिका समितिका सभापति नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका आफैँ गरेको निर्णय उल्लङ्घन गर्दै, लकडाउनको अवज्ञा गर्दै कुखुरा वितरण गरेको उल्लेख गरिएको छ । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गर्नु सट्टा कुखुरा वितरण गरेर लकडाउनको उल्लङ्घन गरेको आरोप लगाएको छ । यस्तै गाउँपालिकाले कार्यकर्तामुखी हिसाबले राहत वितरण गरेको र राहतमा समेत भेदभाव गरेको काँग्रेसले जनाएको छ ।
लकडाउनको पूर्ण पालना गर्नका लागि सक्रिय रहनुपर्ने निकायले नै लकडाउनको उल्लङ्घन गर्नु गलत भएको काँग्रेसले ठहर गरेको छ । दोगडाकेदार गाउँपालिकाले विभेदकारी र निषेधकारी कामको शुरुआत गरेकाले काँग्रेस यो कार्यप्रति आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ । अबका दिनमा लकडाउनको पूर्ण पालना गर्न र गराउन र समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न काँग्रेसले विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ । गाउँपालिकाले आइतबार विभिन्न वडामा ७०० कुखुरा वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार