त्रासको खेतीमा फष्टाएको ओलीको निरंकुशता
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २१:८:५८
समाचार टिप्पणी
८ बैशाख, काठमाडौं । विश्वप्रशिद्ध पत्रिका न्युयोर्क टाइम्सकी एकजना प्रख्यात स्तम्भकार सेलम गेबैकिदानले लेखिन्– महामारीका बेला धेरै देशका शासकले नागरिक हक कुण्ठित बनाएर निरंकुशता लाद्छन् । यसका धेरै उदाहरण उनले दिएकी छन् । गेबैकिदानका विचारमा चेतना र विकासका दृष्टिले पिछडिएका देशमा यो अवस्था अझै भयावह हुनसक्छ ।
ठीक त्यस्तै अवस्था यतिबेला नेपालमा पनि सिर्जना गर्न खोजिंदै छ । कोरोनाको महामारीले संसार अस्तव्यस्त छ, नेपाल पनि यसको चपेटामा आईसकेको छ । यस्तो महासंकटका बेला सरकारले केही गरोस् भन्ने नागरिक चाहन्छन् । तर शासक भने ठीक विपरित निरंकुशता लाद्ने सही अवसरका रुपमा दुरुपयोग गरिरहेका छन् । केपी ओली नेतृत्वको सरकार स्थापना भएदेखि नै नागरिक हक अधिकार कुण्ठित गर्न उद्यत् थियो । सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिक समाजको खबरदारीले हच्केको मात्र हो । अहिले चाहिं सही मौका हो भन्ने ओली सरकारको बुझाई रहेको प्रतित हुन्छ । त्यसैले महामारीको आडमा आफ्नो अभिष्ट पूरा गर्न ओली अभिशप्त छन् ।
तर सत्ता चलाउनेहरु भने यही बेला हो नागरिक हक कुण्ठित गर्ने अवसर हो भन्ने सोच्छन् – विश्लेषक आचार्य भन्छन् । हजारौं मानिस लकडाउनको कहरमा फसेको उदाहरण राजधानीमा नै देखापरेको बताउँदै उनी प्रश्न गर्छन् –तर सरकार भने महामारीको लौरो चलाएर बन्दी बनाउन उद्यत् छ, यो भन्दा ठूलो संवेदनहिनता अरु के होला ?
शासन सत्तामा बस्नेहरु यस्तो बेला जनताको तहबाट बिरोध नै भैहालेपनि निम्छरो अवस्थाको रहने बुझाईमा रहन्छन् । साथै विश्वब्रह्माण्ड नै महामारीमा फसेका बेला कसैले पनि ध्यान नदिने सोच उनीहरुमा पलाएको हुन्छ । यस्तै आशय व्यक्त गरेकी छन् ती अमेरिकी स्तम्भकारले पनि । यही मौका छोपेर शासनसत्ता लम्ब्याउने र निरंकुशता लाद्ने उत्कण्ठ अभिलाशा पलाएको हुँदो रहेछ ओली जस्ता सत्ता मात्रै ताक्नेका लागि । त्यसैको सिको गर्दै ओली पनि जनताको आवाज बन्द गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि पार्टी पंक्तिलाई समेत उनी बेवास्ता गर्दै साँघुरो घेरामा बसेर कुटिल चाल चाल्दै छन् ।
इतिहास साक्षी छ, संसारका तानाशाह शुरुमा जनताकै मत लिएर जान्छन् । पछि तिनै जनतालाई रैती बनाउँछन् । चाहे त्यो क्युबाका राष्ट्रपति फिडेल क्राष्टो होस् वा रुसको कम्युनिष्ट नेता लेनिन र स्टालिन नै किन नहुन् । भियतनामको पोलपोटको इतिहास पनि धेरैलाई ज्ञात छ । यिनीहरु पहिला जनताबाटै निर्वाचित भएर सरकारमा पुगेका हुन् । तर सरकारमा पुगेपछि भने उनीहरुले सत्ता नै कब्जा गरे । रुसमा पनि लेलिन तथा स्टालिन जननिर्वाचित भएरै सरकारमा पुगेका थिए । पछि जारवंशको समूल नष्ट गर्ने नाममा देशमा सर्वसत्तावाद लाद्ने काम भयो । तर यसरी गरिएको कब्जा लामो समय टिक्न भने सक्दैन । सन् १९९० को दशकमा यी मुलुकले पुरानो स्तम्भ नै चकनाचूर बनाए ।
जनताले केही समय धैर्यधारण गर्नुको अर्थ सर्वकालका लागि निरंकुशता स्वीकार्छन् भन्ने सोच्नु महामुर्खता हो – राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन् । ओली सरकारको पछिल्लो गतिविधिले त्यसैको पुष्टि गरेको छ भन्दै उनले त्यसको पछिल्लो श्रंखलाका रुपमा डा. शेरबहादुर पुन प्रकरणलाई लिन सकिने बताए ।
सेनालाई विवादमा तानेर उनी सत्ता लम्ब्याउन चाहन्छन्, त्यसको तानाबुना तयार गर्दैछन् भन्दै डा. केसीले ओलीले आफूपछि नेपालको सत्ता सेनालाई बुझाउने ग्राण्ड डिजाइन गरेको आरोप लगाएका छन् । सबैतिरबाट निराशा र हाहाकारको अवस्था सिर्जना गर्ने अनि जनतामा निरकुंशता लाद्ने प्रपञ्च रचिंदै छ – उनी भन्छन् ।
संक्रामक रोग विशेषज्ञका रुपमा कहलिएका एकजना वरिष्ठ डाक्टरलाई बोल्न रोक लगाउने उद्देश्यले स्पष्टीकरण सोध्ने साहस कसरी गरेको होला भन्दै उनले जनताको चर्काे विरोधले मात्रै अहिले यो केस थामथुम पारिएको आपूmले बुझेको स्पष्ट गरे । अनेक बहाना बनाएर सरकार नागरिक हकमा अंकुश लगाउन चाहन्छ, तर आजको युगमा त्यस्तो सपना देख्ने व्यक्तिलाई बुद्धिमान भन्न सकिन्न – विश्लेषक आचार्यको भनाई छ ।
नागरिक अहिले सरकारबाट अभिभाकत्व प्राप्त होस् भन्ने चाहन्छन् , तर सत्ता चलाउनेहरु भने यही बेला हो नागरिक हक कुण्ठित गर्ने अवसर हो भन्ने सोच्छन् – विश्लेषक आचार्य भन्छन् । हजारौं मानिस लकडाउनको कहरमा फसेको उदाहरण राजधानीमा नै देखापरेको बताउँदै उनी प्रश्न गर्छन् –तर सरकार भने महामारीको लौरो चलाएर बन्दी बनाउन उद्यत् छ, यो भन्दा ठूलो संवेदनहिनता अरु के होला ?
यस्तै अर्का विश्लेषक डा.सुरेन्द्र केसी ओली कम्युनिष्टको खोल ओडेको महासामन्त हुन् भन्छन् । नेपाली जनताको संवेदनशीलतामा खेलबाड गर्ने ओलीलाई कम्युनिष्ट कसैले नमान्ने उनी तर्क गर्छन् । स्वभावैले ओली निरंकुशतावादी हुन्, त्यसैले उनलाई शासनको भोकले सधैं छटपटी भएको हो– उनी भन्छन् । ओलीलाई थाहा छ अर्काेपटक जनताले भोट दिंदैनन्, त्यसैले सकेसम्म निरंकुश सत्ता चलाउने उनको अभिप्राय रहेको छ – विश्लेषक केसीको भनाई छ ।
लोकतन्त्रको धज्जी उडाउने उनको एकमात्र उद्देश्य देखिन्छ भन्दै डा. केसीले त्यसैको एउटा बिम्बका रुपमा नेपाली सेनालाई विवादित बनाउनु पनि हो भनेका छन् । सेनालाई विवादमा तानेर उनी सत्ता लम्ब्याउन चाहन्छन्, त्यसको तानाबुना तयार गर्दैछन् भन्दै डा. केसीले ओलीले आफूपछि नेपालको सत्ता सेनालाई बुझाउने ग्राण्ड डिजाइन गरेको आरोप लगाएका छन् । सबैतिरबाट निराशा र हाहाकारको अवस्था सिर्जना गर्ने अनि जनतामा निरकुंशता लाद्ने प्रपञ्च रचिंदै छ – उनी भन्छन् ।
प्रधानमन्त्री ओली आलोचना सुन्नै सक्दैनन्, सबै आलोचक उनका लागि शत्रु हुन् भन्दै डा. केसीले अहिले ओलीका सबैभन्दा ठूला शत्रु पत्रकार भएको बताए । उनका गल्ती उधिन्ने काम पत्रकारले गर्छन् ,त्यसैले ओलीको सबैभन्दा ठूलो शत्रु नै पत्रकार बनेका छन्– केसीको बुझाई छ ।
यही स्थिति रह्यो भने लकडाउनकै बहानामा ओलीले संसद् बैठक नै नडाक्ने उनको अनुमान छ । कोरोनाको निहुँमा संसद् अधिवेशन नगर्ने र अध्यादेशको बलमा सत्ता लम्ब्याउने उनको रणनीति रहेको पनि डा. केसीको अनुमान रहेको छ ।घटनाक्रमले ओली जनताको प्रतिनिधि भएको कुनैपनि अर्थले देखिंदैन– उनको ठम्याई छ । ह्जारौं मानिस भोकभोकै सयौं कोष पैदल यात्रा गरिरहेका छन्, तर ओली तिनको उद्धार गर्न उत्सुक छैनन् भन्दै उनले यस्ता नेताबाट लोकतन्त्रको संवद्र्धन हुने अपेक्षा गर्नु महाभूल हुने उनको भनाई छ ।
सरकारी सञ्चारमाध्यमलाई ओलीले दिएको अन्तर्वार्ता पढ्दा ताज्जुब लाग्यो भन्दै डा.केसीले धादिङमा मानिस पैदल हिंडेर गएको दृश्य प्रशासनले नदेख्ने तर पत्रकारले देख्ने भन्ने कुतर्क गरेकोमा आश्चार्य प्रकट गरे । प्रधानमन्त्री ओली आलोचना सुन्नै सक्दैनन्, सबै आलोचक उनका लागि शत्रु हुन् भन्दै डा. केसीले अहिले ओलीका सबैभन्दा ठूला शत्रु पत्रकार भएको बताए । उनका गल्ती उधिन्ने काम पत्रकारले गर्छन् ,त्यसैले ओलीको सबैभन्दा ठूलो शत्रु नै पत्रकार बनेका छन्– केसीको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार