भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार !
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार १९:११:१३
९ बैशाख एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघेको छ । गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १८ हजार ६०१ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २५२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार ७५९ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९० पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार ६६६ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २३२ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५७२ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ४३१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यस प्रकोपको तेस्रो स्थानमा रहेको भारतको गुजरात राज्य रहेको छ । गुजरात १ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सक्रमणबाट ७१ जनाको मृत्यु भएको छ भने, १३१ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य राजस्थान चौथो स्थानमा रहेको छ । राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ५७६ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये २०५ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा २५ जनाको मृत्यु भईसकेको छ ।
त्यसैगरी भारतको तामिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ५२० जना भेटिएका छन् । यहाँका ४५७ जना उपचारपछि घर फर्किएका छन् भने १७ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा १ हजार ४८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसबाट ७४ जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।
भारतको केरला राज्यमा ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ‘कोविड–१९’ को संक्रमण रोक्नको बन्दाबन्दी ‘लकडाउन’ लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार