श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार १९:३३:३९
९ बैशाख एजेन्सी । कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन् ।
निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वरिष्ट स्वास्थ्य अधिकारीहरु, सुरक्षा निकायहरु, हुलाक सेवाका जिम्मेवार पदाधिकारीहरु, जिल्ला सचिवहरु तथा सरोकार भएकाहरुको पनि सहभागिता थियो ।
यसअघि संसदीय निर्वाचनका लागि अप्रिल २५ तारिखको दिन तोकिएको थियो । तर कोरोना भाइरस महामारीका कारण सरकारले देशव्यापी कफ्र्यु लगाए पछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो ।
श्रीलंकामा गत मार्च ११ मा पहिलो घटना देखिएयता हालसम्म कोरोनाभाइरसबाट २९५ जना संक्रमित भएका र सात जनाको मृत्यु भएको छ । श्रीलंकामा देशभरका ४० भन्दा बढी केन्द्रहरुमा विदेशी सहित तीन हजार ५०० भन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार