पूर्व माओवादीको ठहरः अध्यादेश हामी केन्द्रित
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार २३:९:१८
९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो जारी गराएको अध्यादेश आफू केन्द्रित रहेको ठहर पूर्व माओवादी पक्षले गरेको छ । आज बिहानैदेखि अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले यस्तो ठहर गर्दै तर अहिले यसबारे विवाद नचर्काउने रणनीति अपनाउने भएको छ । छलफलमा सहभागी नेता हरिबोल गजुरेलले आफू निकट कार्यकर्ताहरुलाई यस्तो जानकारी दिएका छन् ।
गजुरेल निकट स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले पूर्व एमालेका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्न नसक्दाको परिणाम हो पछिल्लो परिस्थिति । शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले आफूलाई साथ नदिई प्रचण्डलाई बलियो बनाउन खोजेको बुझाई ओलीको देखियो भन्दै गजुरेलले यसै कोणबाट छलफल गरिएको र अब ओलीको कदम पूर्व माओवादीलाई पार्टीबाट निकाला गर्नेतिर केन्द्रित हुनसक्ने आंकलन भएको जानकारी दिएको पनि स्रोतको दावा छ ।
अध्यक्ष प्रचण्डले कोरोना संक्रमणमा सबैजना मिलेर लडौं भनी राख्नुभएको सद्भावलाई ओलीजीले आफूविरुद्ध षडयन्त्र गरेको अर्थमा बुझेकाले नै समस्या चुलिएको हाम्रो ठहर रह्यो – उनले भने । ओलीजी हतास भएर यस्तो अध्यादेश जारी गर्न हतारिनु भयो भन्दै बैठकमा नेताहरुले तत्काललाई यो विषयमा धेरै बहस नगर्ने तर कोरोना कहर सकिएपछि भने घनिभूत रुपमा सम्वाद गर्ने सहमति भएको छ । साथै छलफलमा ओलीले जारी गराएका अध्यादेश संसदबाट अनुमोदन नहुने विश्वास रहेको ठहर गरिएको छ ।
ओलीजी बाहेक कोही पनि उक्त अध्यादेशको पक्षमा नरहेकाले संसदले अनुमोदन गर्ने सम्भावना छैन –स्रोतले बतायो ।प्रधानमन्त्री ओली अब पूर्व माओवादीहरुलाई लखेटेर एक्लै खाउँला भन्ने ध्याउन्नमा रहेको हामीले बुझ्यौं बैठकमा धेरै नेताको यस्तो भनाई रहेको समेत स्रोतले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार