कोरोना फैलाएको भन्दै चीनविरुद्ध अमेरिकाको मुद्दा !
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार २१:४७:४४
१० बैशाख एजेन्सी । चीनबाट फैलिएको कोरोनाले हजारौ नागरिकको ज्यान गएको भन्दै अमेरिकाले चीनविरुद्ध अदालतमा मुद्दा हालेको छ । अमेरिकाको मिसौरी राज्यका महान्यायाधिवक्ता एरिक स्मिटले अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरस फैलाएको पाए कडाभन्दा कडा कारबाही गर्ने चेतावानी दिदै आएका थिए । अब अमेरिकाको एक राज्यले मुद्दा नै हालेपछि ट्रम्पले झन यो विषय तन्काउन सजिलो भएको छ । मंगलबार दर्ता भएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरुलाई विपक्षी बनाइएको छ ।
कोरोना भाइरसले सबैभन्दा ठूलो क्षति व्यहोरेको अमेरिकाले विश्वकै सर्वशक्तिमान बरियता पनि गुमाउने डर छ । विश्वकै नम्बर एक देश र शक्तिशाली भनिएको अमेरिकालाई कोरोनाले पुर्याएको क्षति पूर्ति गर्न धेरै बर्ष लाग्ने देखिन्छ । त्यो भन्दा ठूलो कुरा यसलाई नियन्त्रण गर्न असफल देखिएको अमेरिका चीनसँग नझुक्ने तर नयाँ निहुँ बनाएर उसमाथि क्रुद्ध बनेको पनि प्रमाण हो यो ।
चीनले जानीजानी कोरोना भाइरस फैलाएको भन्दै यसलाई उसैले मात्र नियन्त्रण गर्न सक्ने अमेरिकी दाबी छ । अब मुद्दा नै दर्ता भएपछि चीन त्यसविरुद्ध कसरी अगाडी बढ्छ भन्ने चाँसो बढेको छ ।
अदालतमा मुद्दा दर्ता हुञ्जेलसम्म अमेरिकामा कोरोनाका कारण ४५ हजार भन्दा धेरैको ज्यान गएको छ भने सवा ८ लाख मानिस संक्रमित छन । वुहान राज्यबाट फैलिएको कोरोनाले चीनमा ४ हजार ६ सय जनाको मृत्यु भएको छ भने ८२ हजार बढी संक्रमित छन ।
विश्वमा अहिलेसम्म कोरोनाबाट सवा २५ लाख मानिस संक्रमित छन । संक्रमितमध्ये ७ लाख मानिस उपचारपछि घर फर्किएका छन भने १ लाख ७२ हजारले ज्यानै गुमाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार