एक थुनुवाको आरडीटी रिपोर्ट पोजेटिभ
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बिहिबार ३:११:२८
धीरुभाइ
१० बैशाख सप्तरी । छिमेकीलाई कुटपिट आरोपमा सप्तरीको प्रहरी हिरासतमा रहेको एकजनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ रिपोर्ट आएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवाको आरडीटी रिपोर्ट पोजेटिभ आएको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।
गत सोमबार कुटपिट आरोपमा पक्राउ परेका थुनुवालाई अस्पतालमा मंगलबार आरडीटी गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनलाई तत्कालै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
डाक्नेश्वरी नगरपालिका ४ का ४८ वर्षीय पुरुषलाई छिमेकीसँगको विवादमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनको स्वाब संकलन गरी पीसीआर प्रविधिबाट जाँचकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको बताइएको छ ।
यता जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २० जना मजदुर काठमाडाैंबाट बुधबार बिहान बसमा आएकोले उनीहरुको अस्पतालमा आरडीटी सुरु गरिएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा चार महिला र १२३ पुरुष गरी १२७ जना रहेका छन । तीमध्ये एक महिला र नौ पुरुष बुधबार क्वारेन्टाइनमा भर्ना भएको छ ।
त्यस्तै क्वारेन्टाइनको अवधिसम्म बस्दा कोरोनाको कुनै किसिमको लक्षण नदेखिएपछि आजै १७ जना पुरुषलाई घर फिर्ता गरेको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । मंगलबारसम्म तीन महिला र १३१ पुरुष गरी १३४ जना क्वारेन्टाइनमा भर्ना रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार