कोभिड १९ : कृषकले मल–बीउ नपाउदा समस्या
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १३:२५:४०
११ बैशाख सुर्खेत । लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ, जसले गर्दा एग्रोभेट सेन्टर बन्द हुनुका साथै कृषिजन्य सामग्री ढुवानी र खेतीबालीका अन्य काम प्रभावित भएका छन् । स्थानीय प्रशासनले बीउबिजन, मलखाद पसललाई अत्यावश्यकीय सेवामा समावेश नगर्दा किसानलाई सेवा गर्न नसकेको व्यवसायीले गुनासो पोखेका छन् ।
“यतिबेला बर्खेबाली लगाउने बेला हो, पसल बन्द गर्नुपरेको छ”, वीरेन्द्रनगर जुम्ला रोडस्थित समृद्धि एग्रोभेटका सञ्चालक यामप्रसाद शर्माले भने, “कृषकले न तरकारी लगाउन पाएका छन् न त धानको ब्याड नै राख्न सुरसार गरेका छन् ।” लकडाउनले गर्दा ताजा तरकारीका साथै धान उत्पादनमा भारी गिरावट आउने उनको चिन्ता छ । मल, बीउ नपाउँदा नयाँ बाली लगाउन ढिलाइ भएको छ । प्रशासनले एग्रोभेट सञ्चालन गर्न नदिँदा किसानले करेसाबारी, खेतीबालीमा काम गर्न सकेका छैनन् ।
वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रत्ना बिसीले बीउ नपाएका कारण जग्गा बाँझो राख्नुपर्ने पीर बढेको बताए। “खेतमा लगाएको गहुँ काटेर सकियो, तरकारी खेती लगाइसक्नुपर्ने हो”, उनले भने, “मकै तथा तरकारी बाली लगाउन जमिन तयार गरेको धेरै समय भइसक्यो, मल र बीउ नपाउँदा त्यत्तिकै रोकियो ।” सरकारले लकडाउनमै मल र बीउको सहज उपलब्ध गराउन अझै ढिला गरे उत्पादनमा निकै कमी आउने कृषक बिसीको चिन्ता छ ।
सुर्खेत उपत्यकाको दक्षिणी भेग धान र तरकारी उत्पादन हुने क्षेत्र हो । यहाँ उत्पादित धान र तरकारीले यहाँको आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पु¥याएको कृषि क्षेत्रका सरोकारवालाले दाबी गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार