आज लोकतन्त्र दिवस, नेताहरुको शुभकामना
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १४:५३:४२
११ बैशाख, काठमाडौं । आज बैशाख ११ गते लोकतन्त्र दिवस । ०६३ सालमा आजैका दिन नेपालमा लोकतन्त्रको बहाली भएको थियो । राजा ज्ञानेन्द्रले शाही सत्ता हत्याएको विरोधमा तत्कालिन सात संसदवादी दल र विद्रोही माओवादी पक्षको गठबन्धनमा भएको १९ दिने जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको थियो ।
बैशाख ११ मा तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्रको बहाली गर्दै विघटित प्रतिनिधिसभा ब्यूँताउने ऐतिहासिक निर्णय गरेका थिए । सोही वर्षको जेठ १५ गते प्रतिनिधिसभा बैठकले नेपालबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरेको थियो ।
नेपालमा गणतन्त्र स्थापना भएपछि प्राय सबै राजनीतिक दल सत्तामा पुगेका छन् । तर नेपाली जनताले भने अहिलेसम्म गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । नेताहरु र उनका आसेपासेले गणतन्त्रको उपभोग गरेका छन् । तर निमुखा र निम्छरा जनता भने अहिले पनि दुईछाक टार्न धौ धौको अवस्थामा छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ,प्रधानमन्त्री केपी ओली, विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायतले शुभकामना दिएका छन् ।
यस अवसरमा नेपालबहस डटकमका तर्फबाट पनि स्वदेश तथा विदेशमा रहेका आम नेपालीमा शुभकामना व्यक्त गर्न चाहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार