ओलीलाई सर्वसत्तावादको भाइरस संक्रमण भयो : राणा
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार ०:२:६
११ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादको भाइरस संक्रमण भएको बताएका छन् ।
कुबाटोबाट अध्यादेश ल्याएर संवैधानिक परिषदमा एकलौटी गर्ने प्रधानमन्त्रीको चरम महत्वाकांक्षा संविधानको मर्म र संवैधानिक नियन्त्रण, सन्तुलन विपरीत रहेको राणाको ठहर छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउन खोजियो भनेर उनले आपत्ति पनि जनाएका छन् ।
‘प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको भाइरसको संक्रमणमा पर्नु भएको छ । शक्ति केन्द्रीकृत गर्दै प्रजातान्त्रिक नियन्त्रण र सन्तुलन बर्खिलाप संवैधानिक परिषदमा एकलौटी गर्ने बदनियतमा कुबाटोबाट अध्यादेश ल्याइएको छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउने अभिष्ट बिल्कुलै निन्दनीय छ,’ अध्यक्ष राणाले बिहीबार भने ।
कोभिड–१९ संक्रमण तेस्रो चरणमा प्रवेश गरीसक्दा पनि सरकार र सत्तारुढ दल चरम सत्तालिप्सा, सरकार र पार्टीगत शक्ति संघर्षमा रुमल्लिनु उचित नभएको भन्दै उनले चिन्ता प्रकट गरेका छन् । ‘समुदायमा एकै दिन १२, अर्को दिन ११ जना संक्रमित देखिएको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं राष्ट्रमाथिको भार, निमुखा जनताको दुखकष्ट चटक्कै बिर्सिएर प्रधानमन्त्री निजी महत्वाकांक्षा पूरा गर्न लाग्नुभएको छ,’ राणाले भने । ‘महामारीबीच सत्तालिप्सा, सरकार र पार्टीको शक्तिसंघर्षमा रमाउनु अनपयुक्त छ ।’
बन्दाबन्दीको समयमा किसानहरू फसल उठाउन र बेच्न नपाएर ठूलो मारमा परेकोले राणाले यथाशिघ्र समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । ‘किसानले फसल उठाएर लाभ लिने बेलामा महामारी फैलिएको छ । बन्दाबन्दीमा बाली उपभोक्तासम्म पुर्याउन संभव छैन । उत्पादन त्यसै बिग्रिएर खेर जाने अवस्था छ । तथापि भारतबाट तरकारी नियमित भित्रिएको छ,’ उनले ट्वीट गर्दै भने । ‘यसैले स्वदेशी किसानको संकट दूर गर्न, आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार