गल्याङ नगरपालिकाको कोषमा लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको सहयोग
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार २:४३:२
११ बैशाख, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग आउने क्रम बढेको छ ।
नगरपालिकाको राहत कोषमा विभिन्न संस्था तथा व्यक्तिबाट राहत आउने क्रम बढेको हो । विहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिका वडा नम्बर आठ वडा कमिटिले ३१ हजार एक सय १५ रुपैयाँ सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष दिपक अधिकारीले नगरप्रमुख भुपराज अधिकारीलाई रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै विहीबार नै श्री सिद्व दुग्ध सहकारी संस्था लिमिटेडले पनि दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिपक अधिकारीले नै यो रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले सम्पूर्ण सहयोग रकमको उचित सदुपयोग गरिने प्रतिबद्वता व्यक्त गरे । उनले भने –‘तपाईहरुले यसरी दिएको सहयोग हामीलाई निकै भारी हुने गरेको छ । यसको सही सदुपयोग गरेर पारदर्शी रुपमा हिसाब सार्बजनिक गर्नेछौं ।’ नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकामा उत्पादित तरकारीको व्यवस्थापनका लागि भूमिका खेल्न पनि व्यवसायी उद्यमी कृषि सहकारी संस्थलाई आग्रह गरे । उनले किसानले उत्पादन गरेका सम्पूर्ण उत्पादनहरु बजारमा पठाउन आफु प्रतिबद्व रहेको भन्दै यसका लागि सहयोग गर्न अपिल गरे । सहयोग रकम हस्तान्तरण गर्दै नेकपा वडा कमिटि अध्यक्ष तथा सिद्व दुग्ध सहकारी संस्थाका अध्यक्ष दिपक अधिकारीले विपदको समयमा सहकार्य गर्न खोजेको बताए ।
यसैवीच, लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको तर्फबाट आजै गल्याङ नगरपालिकाका लागि असी वटा सेनिटाइजर र दश पाकेट माक्स हस्तान्तरण गरिएको छ । शाखा प्रबन्धक मणीप्रसाद बस्यालले नगरप्रमुख भुपराज अधिकारीलाई यो सहयोग हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख अधिकारीले विपदको बेलामा सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा बैंकसँग सहकार्य गर्न आफु प्रतिबद्व रहेको बताए । शाखा प्रमुख बस्यालले लक्ष्मी बैंकले सातै वटा प्रदेशमा दश लाखका दरले र संघीय सरकारलाई ३० लाख गरी एक करोड रुपैयाँ सहयोग गरेको जानकारी दिदै शाखाको तर्फबाट यो सहयोग गरिएको स्पष्ट पारे । उनले २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार