देशभर आंशिक बदली
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १४:२५:३९
१२ बैशाख काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य र पूर्वी भूभागमा शुक्रबार मौसममा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ ।
मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमि वायू र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडि वाट समेत जलवाष्फ युक्त हावा नेपाल भित्रिएको छ। यसकै प्रभावले देशभर आंशिक बदली रहेको छ।
मध्य र पूर्वी भूभागका धेरै स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशभर शुक्रबार रातिपनि आंशिक देखि सामान्य बदली रही पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान :
बैशाख १२ गते (शुक्रबार)
दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख १३ गते (शनीबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पश्चिमका भू-भागका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका केहि स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख १४ गते (आईतबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशभर केहि स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार