साउदी अरबमा कोभिड–१९ का कारण ११ भारतीयको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १९:५८:१२
१२ बैशाख एजेन्सी । साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ ।
“यही बुधबार ‘अप्रिल २२’ सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
राजदूतावासले भनेको छ, “कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित सङ्कटका समय अफवाह फैलाउँदा महामारीका कारण अनावश्यक अशान्ति र पीडा हुने हुँदा शान्त रहन भारतीय समुदायलाई अनुरोध छ । सामाजिक सञ्जालले गलत र अपुष्ट सूचनालाई प्रचार गर्नु ठीक होइन र यसका कारण सामुदायिक वैरभाव निम्तिन्छ र यसले नैतिकरूपमा भ्रष्ट वातावरणलाई प्रश्रय दिन्छ ।”
“प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्ता कोभिड–१९ को सङ्क्रमणले कुनै समुदाय, धर्म, वर्ण, जाती, भाषा, विचार र सीमा नहेर्ने हुँदा हाम्रा प्रतिक्रिया एवम् व्यवहार एकता र सहभातृत्वको श्रेष्ठतासँग गाँसिनु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।
यसबाहेक, अरबमा खाद्यान्न, औषधि तथा अन्य आपतकालिन सहयोगको आवश्यकता भएका भारतीयहरूलाई उचित प्रवन्धका लागि राजदूतावासले सबै सम्भावित विकल्प र उपायको अवलम्वन गरिरहेको छ ।
यसअघि गत बुधबार नै साउदी अरबका लागि भारतीय राजदूत औसफ सैयदले साना सहरमा रहेका भारतीय समुदायका स्वयंसेवकहरूसँग कोभिड–१९ को भारतीय नागरिकमाथि परेको प्रभावबारे छलफल गर्नुका साथै उनीहरूको हितका लागि विभिन्न उपायहरू अवलम्वन गरिने विश्वास दिलाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार