महामारी र भोकमरी दुवैसँग जुधौँ : मन्त्री भण्डारी
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शनिबार ०:५१:२५
१२ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोना महामारी र यसबाट उत्पन्न भोकमारी दुवै समस्यासँग एक भएर जुध्न अपिल गरेका छन् । उनले आज जुम्लाका जिसस प्रमुखसहित आठ स्थानीय तहका प्रमुखसँगको भिडियो कन्फ्रेन्समार्फत् विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध एक भएर लड्नुको विकल्प नभएको बताए । “कोरोना भाइरस हाम्रो जीवनको डरलाग्दो चुनौती मात्र होइन, यो हामीलाई नायक बन्ने अवसर पनि हो”, उनले भने, “यसमा सचेतता एवं कुशलतापूर्वक तपाई आफ्नो कार्यसम्पादन बढाउनुहोस् ।”
कर्णाली अहिलेसम्ममा शून्य सङ्क्रमणमा रहेको जनाउँदै मन्त्री भण्डारीले भने, “लकडाउनका कारण अलपत्र परेका नागरिकलाई सबै सरकारको क्रियाशीलतामा गन्तव्यसम्म पु¥याउने काम भएको छ, सम्बन्धित गाउँपालिकामा पुगेपछि उनीहरुलाई १४ दिनको क्वारेन्टाइन व्यवस्थाका लागि आग्रह गर्दछु ।” अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित शून्य अवस्थामा रहेको भन्दै यसलाई कोरोना नियन्त्रित प्रदेश बनाउन निर्भयताका साथ सबैले एकबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए।
जनप्रतिनिधि, स्वास्थ्य तथा सुरक्षाकर्मीको नेतृत्वदायी भूमिकाबाट कर्णालीलाई सुरक्षित प्रदेश बनाउन सकिने भन्दै स्वास्थ्य तथा सुरक्षाकर्मीको आवश्यकता भएका ठाउँमा व्यवस्थाका लागि पहल गर्ने उनले बताए । सङ्घीयताले महामारीका विरुद्ध सजिलै लड्ने अवसर प्रदान गरेको बताउनुभएका मन्त्री भण्डारीले मूलतः जनताको जीवन रक्षालाई केन्द्र भागमा राखेर काम गर्न जनप्रतिनिधिलाई अपिल गरेका छन् ।
बैठकमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, पातारासी गाउँपालिकाको अध्यक्षको प्रतिनिधित्व गर्दै प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी, तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही, सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले आआफ्ना स्थानीय तहले हालसम्म कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, राहत तथा उद्धारमा गरेका कामकारवाही र विद्यमान समस्याबारे कानूनमन्त्री भण्डारीलाई जानकारी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार