कार्यक्षेत्रमा सक्रिय रहेका पत्रकारलाई सुरक्षा सामग्री वितरण
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १५:२४:५
१३ बैशाख चिप्लेढुङ्गा । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका प्रदेशका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, स्यानिटाइजर र पञ्जा प्रदान गरेको हो ।
समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङ्घका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ । शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जामा उपलब्ध गराइएको हो ।
कोभिड–१९ को समाचार सङकलन र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका अध्यक्ष त्रिभुवन पौडेलले बताए । उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङकटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्दै पत्रकारको सुरक्षाका लागि प्रदेश समिति सहयोग गर्न सधैँ तयार रहेको बताए ।
विभिन्न निकाय र सङ्संस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उपाध्यक्ष शान्ति गुरुङले बताए। यसअघि प्रदेश समितिले तनहुँ, लमजुङ, गोरखा, नवलपरासी ‘पूर्व’ र मनाङका लागि सामग्री हस्तान्तरण गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार