आगामी जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान स्थगन
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार २२:३७:१६
१३ वैशाख, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको सो बैठकले उक्त निर्णय गरेको सचिव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीलाई जानकारी दिए ।
कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो । कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकालेको छ ।
समितिले लकडाउनका लागि चालिएका कदम ठीक दिशातर्फ उन्मुख रहेको निचोड रहेको बताउँदै सचिव बिडारीले लकडाउन कसरी अघि बढ्छ भन्नेबारे सरकारबाट छिट्टै निर्णय आउने जानकारी दिए। उनले भने, “कोरोना नियन्त्रण र रोकथामको जोखिम हुन नदिन लकडाउन सफल रह्यो, यसकै कारणले जोखिम धेरै रोक्न सक्याँै, थोरै प्रवेश गरे पनि नियन्त्रणमै राखिएको छ, हामी सही ट्र्याकमा छौँ, उदयपुरको एउटा घटनाबाहेक अन्य ठाउँमा बिरामी कम छन् । कोरोना सङ्क्रमितमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन्।”
छिमेकी मुलुकमा भइरहेको सङ्क्रमणको अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई विचार गरेर मात्र लकडाउनसम्बन्धी चालिने कदमबारे निर्णयमा पुग्न उचित हुने समितिको ठहर छ । कोभिड–१९ को जोखिमपछि सरकारले घोषणा गरेको लकडाउन भएको आज एक महिना दुई दिन भएको छ । बैठकमा हालसम्मका लकडाउनको प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पु¥याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।
समितिमा विभिन्न पाटोबाट लकडाउनको विश्लेषण भएको र मन्त्रिपरिषद्को आगामी बैठकबाट लकडाउनबारे निर्णय हुने सचिव बिडारीले जानकारी दिए । समिति लकडाउनको पाटोमा अझै समीक्षा र विचार गरेर आवश्यकतानुरुप निर्णय गर्दै अघि बढ्ने छ । “उपचारका क्रममा ट्रेस, ट्र्याकिङ र ट्रिट्मेन्ट गर्नेलगायत विषयलाई अझै प्रभावकारी तुल्याउने भन्ने भएको छ”, उनले भने ।
सबै प्रदेशमा अहिले औषधि र औषधिजन्य सामग्रीको आपूर्ति उपलब्धता सहज अवस्थामा रहेकाले कुनै पनि अभाव नरहेको र आवश्यकतानुरुप सामग्री पु¥याउन सक्ने अवस्थामा भएको समितिको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
बालाजु बाइसधारा मेला आजदेखि सुरु, भक्तजनको घुईँचो
बैशाख ११, २०८१ मंगलबार
शुक्लाफाँटामा बढ्यो बाघको संख्या
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार