लकडाउन बैशाख २२ गतेसम्म थप्न सिफारिस
Advertisement

१३ वैशाख, काठमाडौं । बिगत एक महिनादेखि जारी लकडाउन थप एक साताका लागि लम्बिने भएको छ । उच्चस्तरीय समन्वय समितिको आज बसेको वैठकले हवाई उडान आगामी जेठ २ गतेसम्म लम्बाउने सिफारिस गरेपनि लकडाउन ’bout मन्त्रिपरिषदलाई नै जिम्मा दिने निर्णय गरेको थियो ।

तर पछि उच्चस्तरीय कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यस’bout भोलि बस्ने मन्त्रिपरिषद वैठकले अन्तिम निर्णय लिनेछ । लकडाउन एक साता थपियो भने बैशाख २२ गतेसम्म जनता घरघरमै बस्नु पर्नेछ ।

कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आजको वैठकले लकडाउन प्रभावकारी भएकै कारण कोरोना संक्रमणको नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यसअघि काठमाडौं लगायतका कम प्रभावित जिल्लाहरुमा लकडाउन आंशिक खुकुलो बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

Advertisement

काठमाडौं लगायतका कम प्रभावित क्षेत्रहरुमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, उद्योग तथा निमार्ण क्षेत्र खुला गर्ने तथा निजी सवारी साधाहरु चल्न दिने ’bout बहस भएपनि समितिले निर्णय लिन सकेन् । यस’bout पनि भोलि बस्ने मन्त्रिपरिषदको वैठकले निर्णय लिने जनाइएको छ ।

यसै’bout थप छलफल गर्न उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरु अहिले बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरु’bout ब्रिफिङ गर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्