लकडाउन बैशाख मसान्तसम्म लम्बिने संभावना
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १८:२५:३७
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका छन् । देशमा जारी लकडाउन बढाउने सुझावसहित उच्चस्तरीय संयन्त्रले प्रतिवेदन दिएको आधारमा लकडाउनलाई निरन्तरता दिन लागिएको हो । स्रोतका अनुसार, संयन्त्रले एक सातालाई लकडाउन बढाउन सुझाएपनि प्रधानमन्त्री भने कम्तिमा दुई साता अर्थात बैशाख मसान्तसम्म लैजाने पक्षमा रहेका छन् ।
आज बस्ने मन्त्रिपरिषद बैठकले बैशाख ३१ गतेसम्मका लागि लकडाउन बढाउने संभावना छ– स्रोतले भन्यो । तर हिमाली क्षेत्र र कम जनघनन्व भएका क्षेत्रमा भने लकडाउन अलि खुकुलो बनाउने सन्दर्भमा प्रधानमन्त्री तयार भएको बुझिन्छ ।बैठकमा यसबारे विस्तृत छलफल गरिने भएको छ ।
तर काठमाडौं लगायत शहरी क्षेत्रमा भने तत्काल खुकुलो पार्न नसकिने ठहर प्रधानमन्त्रीको रहेको स्रोत बताउँछ । राजधानीलगायत संक्रमणको न्यून जोखिम रहेको स्थानमा लकडाउन खुकुलो बनाउन दवाव परेपनि प्रधानमन्त्री ओली राजनीतिक परिस्थिति अनुकुल नभएसम्म तयार नभएको बुझिन्छ ।
हाल पार्टीभित्र र बाहिर ओली धेरै बिरोधीको निशाना बनेका छन् । अध्यादेश प्रकरणबाट उब्जिएको राजनीतिक विवाद अझै टुंगिन सकेको छैन । जसले गर्दा ओली राजनीतिक दवावमा परेको अवस्था छ । त्यसैले पनि अहिले राजधानी लगायत शहरी क्षेत्रको जनजीवन खुकुलो हुँदा संभावित आक्रमणको सामना गर्न कठिन हुनसक्ने ठम्याई ओलीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
बालाजु बाइसधारा मेला आजदेखि सुरु, भक्तजनको घुईँचो
बैशाख ११, २०८१ मंगलबार
शुक्लाफाँटामा बढ्यो बाघको संख्या
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार