अविरल वर्षाका कारण इँटा उद्योगमा रु एक करोड बराबरको क्षति
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १८:५६:१४
१४ वैशाख, कपिलवस्तु । पटक पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा रु एक करोडभन्दा बढीको क्षति भएको छ । भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०–३० लाख काँचो इँटा बिग्रिएको त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिएका छन् । इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा पनि करीब एक महिनादेखि बिक्री नहुँदा उद्योगी चिन्तित छन् ।
सवारी साधन सञ्चालन हुन नसकेका कारण जिल्लाभर ७३ इँटा उद्योगमा बिक्री शून्य भएको उद्योगीले जनाएका छन्।बुद्धभूमि नगरपालिका –८ स्थित सेभेन स्टार इँटा उद्योगमा करीब रु ३० लाख बढी क्षति भएको कपिलवस्तु इँटा उद्योग संघका महसचिव कृष्ण सापकोटाले जानकारी दिए । मजदूरलाई आफूले काँचो इँटाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सापकोटाले गुनासो गरेका छन् । उत्पादित इँटा बिक्री नभएको र वित्तीय संस्थाबाट ल्याइएको कर्जा र व्याज तिर्नसमेत धौधौ भएको इँटा व्यवसायी डम्बर शर्माले बताए।
इँटा बनाएर परिवार चलाउँदै आएका मजदूरलाई समेत यसको मार परेको छ । भट्टामै इँटा बनाएर घरखर्च जोहो गर्ने र आफ्नो कमाइले नौ जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी बन्दाबन्दीले आफूहरुलाई समस्यामा पारेको बताउछन् । नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भट्टामा आश्रित मजदूरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुश्किल पर्दै गएको बताए । उनले भने,‘नाफा र नोक्सानी हेर्ने समय त होइन, कसरी आफू र मजदूरलाई बचाउने भन्ने सोचिरहेका छौँ ।’ काँचो इँटाको बीमा नहुने र सरकारले उद्योगीलाई क्षतिपूर्तिसमेत नदिने गर्दा उद्योगीले घाटा व्यहोर्नुपरेको मियाँको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार