कोरोना कोषमा ग्यास उद्योगीको १५ लाख सहयोग
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ सोमबार २:०:५
१४ बैशाख काठमाडौं । नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु १५ लाख उपलब्ध गराएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम बराबरको चेक उपलब्ध गराइएको हो ।
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैतमा कोष स्थापना गरेको थियो । कोषमा गत शुक्रबारसम्म कूल रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ बराबरको सहयोग रकम जम्मा भएको छ ।
मन्त्री भट्टको सचिवालयका अनुसार एलपिजी ग्यास उद्योग सङघले आज कोषमा रकम जम्मा गरेको हो । सङ्घका तर्फबाट अध्यक्ष गोकुल भण्डारीले मन्त्री लेखराज भट्टलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा पदाधिकारी समेत उपस्थित थिए ।
सरकारको विशेष पहल तथा उद्योगीले सहज वितरण प्रणाली बनाएका कारण लकडाउनको समयमा समेत खाना पकाउने एलपी ग्यासको अभाव हुन पाएको छैन । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको हो । सङ्घको सहयोग रकम बुझ्दै मन्त्री भट्टले लकडाउनको समयमा समेत खाना पकाउने ग्यासको अभाव हुन नदिन उद्योगीका तर्फबाट भएको सकारात्मक पहलको प्रशंसा गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार