लागुऔषधस कारोवारमा संलग्न एक जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार १७:३:१२
१६ वैशाख, नवलपरासी । ब्राउन सुगर र अन्य लागुऔषधको कारोवारमा संलग्न एक जनालाई पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित सरावल गाउँपालिका, भुजहवा नाकाबाट पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकुमार उपाध्यायलाई पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागुऔषध ल्याइँदै गर्दा उपाध्यायलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर नवलपरासीका उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
क्यारेन्टाइनमा अनुगमन
पश्चिम नवलपरासीमा रहेका अधिकाश संस्थागत क्वारेन्टाइन मापदण्डअनुसार थप सुधार गर्न आवश्यक देखिएका छन् । विभिन्न स्थानीय तहमा रहेका संस्थागत क्वारेन्टाइनमा सरोकार पक्षले गरेको अनुगमनका क्रममा मापदण्डअनुसार सुधार गर्न आवश्यक देखिएको टोलीले निष्कर्ष निकालेको हो । अधिकांश क्वारेन्टाइनको अवस्था सन्तोषजक रहे पनि मापदण्डानुसार सुधार गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।
ढाँटेर राहत लिनेलाई सेवा रोक्का
रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ । झुटा विवरण दिएर राहत लिने तथा भ सिफारिस गर्ने जोकसैलाई कारवाही गरिने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार