लकडाउनका कारण मल नपाउँदा किसान चिन्तामा
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार १७:५८:१८
१६ वैशाख, कैलाली । बर्खेखेती गर्ने समय नजिकिँदै जाँदा कैलालीका किसानले आवश्यक मल खरिद गर्न पाएका छैनन् । एक महिनादेखिको लकडाउनका कारण बजार बन्द भएपछि किसानले मल खरिद गर्न नपाएका हुन् । धानको बीउ छर्नका लागि खेत तयार पारिसकेका किसान मल नपाएर चिन्तामा छन् । जानकी गाउँपालिका–६ का रामकृष्ण चौधरीले आवश्यक भएको समयमा मल नपाए उत्पादन वृद्धि हुन नसक्ने बताए । “किसानले हरेक वर्ष समस्या झेल्दै आएका छौँ”, चौधरीले भने, “मलको समस्या सधैँ हुन्छ, विगतका वर्ष महङ्गोमा व्यापारीबाट त किन्न पाइन्थ्यो, यस वर्ष त्यो पनि छैन ।”
रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उनले बताए । “खेतीपाती शुरु गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्छ”, जोशीपुरका किसान सरस्वती भाटले भने, “अहिले आवश्यकताबमोजिम मल पाउन सकिएको छैन, यतिखेरसम्म धानको बीउ राखिसक्थ्यौँ, यस वर्ष मेसो मिलेको छैन ।” कैलालीमा कृषि सहकारीले स्थानीय किसानलाई मल र बीउ सहज पाउने वातावरण मिलाउँथे । धनसिंहपुरका गोविन्द साउदले विगतमा सहकारीमै मल र बीउ खरिद गर्नुहुन्थ्यो । “सहकारीमै बीउ र मल किन्न पाइन्थ्यो, यस वर्ष आएकै छैन भन्छन्”, साउदले भने, “मेरो त वर्षातमा डुबान हुने जमिन, अहिल्यै बीउ राखेर जेठ अन्तिम सातासम्म रोपाइँ गरिसक्नुपर्छ । अब मल र बीउ किन्न कहाँ जाने होला ?”
कृषि सामग्री कम्पनी धनगढीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहँुदा समस्या सिर्जना हुने देखिएको छ । लकडाउन लम्बिएसँगै खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ । कम्पनीसँग भएको मल पनि लकडाउनका कारण बजारमा पठाउन सकेको छैन । धनगढीमा अहिले दुई हजार ५०० टन युरिया, एक हजार ३०० टन डिएपी मल मौज्दात रहेको कम्पनीका निमित्त प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताए ।
“सुदुरपश्चिम प्रदेशका लागि तीन हजार ३२५ मेट्रिकटन युरिया र एक हजार ७२० मेट्रिकटन कूल मौज्दात रहेको छ”, प्रमुख बोगटीले भन्नुभयो, “यो मल सुदूरपश्चिमको नौ वटै जिल्लाका लागि मौज्दात भएकाले आवश्यक मात्रामा मल पुग्दैन ।” कैलालीमा ९५ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । यसमा सिँचाइयोग्य ३९ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसका लागि कैलालीमा चार हजार टन युरिया र तीन हजार टन डिएपी आवश्यक हुने भएकाले समस्या रहेको बोगटीले जानकारी दिए । कैलालीलगायतलाई मध्यनजर गर्दै अहिले चार हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिकटन डिएपी केन्द्रसँग माग गरेको बोगटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार