वैदिक सनातन धर्मको मौलिक सत्य
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार २३:५०:१९
मुल्लाहरू जसरी इस्लाम धर्मलाई बदनाम गराउने कलंक हुन् त्यसैगरी हिन्दू तालेवानीहरू पनि वैदिक सनातन धर्मका धमिरा हुन् । उदाहरणको रूपमा इस्लामिक धर्म नामका जेहादी अर्थात् आतंकवादी मुल्लाहरूलाई लिन सकिन्छ । तिनकै कारण निर्दाेष भारतीय मुसलमानहरू हिन्दू तालेवानीको त्रासले कोरोनाबाट प्राण बचाउन भन्दै वैदिक सनातन धर्मको शैशवस्थल शिव शक्तिमय भूमि नेपाल छिरेर लुकेर बसेका थिए । आखिर किन ?
किनकि वैदिक सनातन धर्मको आद्यभूमि हो नेपाल । अन्य कुनै धर्ममाथि निषेध गर्ने नभई यो धर्म परम्परा एक विश्व धर्म हो भन्ने तिनले बुझेका छन् । यो धर्मले द्वन्दहरूका बीचमा पनि माधुर्य र असिम भातृत्वसहित अन्य सबै धर्महरूलाई आदरसाथ स्वागत गर्दछ भन्ने तिनले मनन् गरेका छन् । त्यतिमात्र होइन, वैदिक सनातन सभ्यताको यो आद्य भूमिमा कुनैपनि धर्मका अनुयायीहरू आएर बसे दैविक अनुकम्पाबाट कोही वर्जित हुनुहुँदैन भन्ने विश्वास लिने उदार धर्म शिव शक्तिमय भूमि नेपालबाहेक दुनियाँमा अन्त कतै छैन भन्ने पनि तिनले सुनेका छन् ।
यसले कुनै एउटा मात्र धार्मिक प्रचलनको अनुशरण गर्दैन अनि एउटै मात्र धार्मिक बाटो पहिल्याउदैन । त्यसैले हिमवत्खण्डको आचार, विचार, व्यवहार र सदाचारपूर्ण आचरणबाट अङ्कुरित वैदिक सनातन धर्मलाई बृहत जीवनपद्धति सहितको विश्वकै उदार धर्म भनिएको हो ।
सर्वाधिक धार्मिक सहिष्णुता भएको धर्म विश्वमा कसैले खोज्यो भने त्यो वैदिक सनातनीहरूको भूमि नेपालमा देखिन्छ । यो धर्मको ज्ञान, धारणा र भावनाले जुनसुकै धर्मावलम्बी भएपनि ‘वसुधैव कुटुम्वकम’ भन्दै विश्वास लिएको छ । जसअनुरूप मानव जातिका निमित्त सँगै बसेर एउटै सिङ्गो परिवारका रूपमा अगाडि बढ्नु पर्दछ भन्ने चिन्तनसहितको क्रियाकलाप वैदिक सनातन धर्मले मात्र सम्भव गराएको छ ।
धर्मधार धुरन्धर अर्थात सबै धर्मका आधार अड्याउने मूल खाँबो (पिलर) भनेको नै वैदिक सनातन भूमि नेपाल हो । यसैकारण समस्त धर्मको मुटुमा सनातन धर्मको सार भएकाले जुनसुकै धर्मका मान्छेलाई पनि यो भूमिमा टेकेपछि निर्भयपूर्वक बाँच्ने अनि कोरोनासँग लड्ने सामथ्र्य प्राप्त हुन्छ । त्यसैले नै नेपाल आमालाई विश्वका सबै धर्महरूको आध्यात्मिक जननी भनिएको हो ।
किनकि, ‘सर्वे भवन्तू सुूखिनः सर्वे सन्तू निरामया । सर्वे भद्राणी पश्यन्तू मा कश्चिद् दुःख भाग्जन ।।’ भन्दै वैदिक सनातन दर्शनले सबै सुखी अनि निरोगी होउन्, सबैले कल्याणकारी कुराहरू मात्र भोग्न र देख्न पाउन् । यो आध्यात्म भूमिमा कोही पनि दुःखका भागी नबनुन् भन्ने मन्त्रवाचनद्वारा मानव कल्याणको मङ्गलकारी कामनासहित चेतना प्रवाह गर्ने दुर्लभ दर्शन बोक्ने धर्म यो दुनियाँमा अरू कसैसँग पनि छैन ।
जम्बूद्वीपका मानव जातिको पहिलो आंगन, संवेगहरूको प्रथम अभिव्यक्ति अनि सम्पूर्ण धर्महरूको उद्गमस्थल भनेको वैदिक सनातन धर्म नै हो । त्यसैले शैव र शक्ति सभ्यताको सम्पूर्ण स्मारकका रूपमा स्थापित यहाँका परम्परागत संस्कार र संस्कृति अंगाल्न कोरोना कहरपछि पश्चिमा जगतसमेत बाध्य भएको हो । तर हामीले नै आफ्नै प्राचीन संस्कृतिको मूल्य बुझ्न सकेनौ । जीवनका मूल्यहरूको अर्थ बुझ्न नसक्दा भारत बर्ष भन्दै हिन्दू तालेवानीहरूको कम्तिया कान्छो धर्म बन्न पाउँदा रमायौं । यसबाट आफ्नै प्राचीन सभ्यतालाई हानी पुर्यायौं ।
होइन भने चरित्र निर्माण गर्ने र शान्तिकामी बनाउने । विद्वता र सदाचारको आकार पत्ता लगाउने, धार्मिक कृतिका सहयोगले नैतिक परिकल्पनाहरू बिस्तृत गराउने । त्यसपछि वास्तविक मानव जीवन कसरी बनाउने भन्ने ज्ञान र उपदेशको आकाश गङ्गा हो वैदिक सनातन धर्मको यो आद्यभूमि । यद्यपि यस्तो ज्ञानको भण्डार अनि साधनाले चमत्कारयुक्त वैभवशाली मौलिक सभ्यताको आंगनमा जन्मेर पनि मौलिक सत्यप्रति हामी ऋणी बन्न सकेनौं ।
वैदिक सनातन धर्ममा कुनै एकात्मक कठोर सिद्धान्त छैन । त्यसैले विश्वका अरू धर्ममा जस्तो यो धर्ममा कुनै एकमात्र श्रष्टा छैन । पुजिने एउटा मात्र देवता छैन, कुनै एकमात्र धार्मिक सिद्धान्त छैन । यसले कुनै एउटा मात्र धार्मिक प्रचलनको अनुशरण गर्दैन अनि एउटै मात्र धार्मिक बाटो पहिल्याउदैन । त्यसैले हिमवत्खण्डको आचार, विचार, व्यवहार र सदाचारपूर्ण आचरणबाट अङ्कुरित वैदिक सनातन धर्मलाई बृहत जीवनपद्धति सहितको विश्वकै उदार धर्म भनिएको हो ।
अन्तमा, नेपाली मौलिक सभ्यताविरूद्ध फेरि पनि विष बमन गर्दै धार्मिक युद्ध गराएर अस्तब्यस्त बनाउन भारत बर्षे हिन्दू तालेवानीले तिनका मिडिया सुचारू राखेका छन् । तै नेपाल विरूद्धको पछिल्लो दुष्प्रचारबाट सचेत रहँदै ‘त्वम शरणमः’ भन्दै लुकेर बसेका विदेशी मुसलमानहरूप्रति यस तपोभूमिले धार्मिक सहिष्णुताको छहारी प्रदान गरेको छ ।
सम्मान र श्रद्धाभावको अपूर्व नमुना देखाउँदै हिमालयद्वारा अनुप्राणित सभ्यताबाट हुर्किएर वैदिक सनातन धर्म उत्कर्षमा पुगेको हो । यो धर्मको ज्योतिलाई विश्वभरि फैलाउने काममा लाग्न यो आद्य सभ्यताका सबै शिव अनि शिवाहरूमा आव्हान गर्नु परेको छ । यो सत्य आजको आवश्यक्ता हो । (लेखक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार