ओली सरकार भ्रष्टाचारी : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बुधबार २३:३६:५१
१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशमा अस्थिरता, अराजकता र भाँडभैलो मच्चाउने काम गरेको भन्दै चर्काे आलोचना गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा लिखित भाषण गर्दै वरिष्ठ नेता पौडेलले सिंगो देश कोरोना भाइरसबाट आक्रान्त रहँदा प्रधानमन्त्री ओली भने सबै शक्ति आपूmमा केन्द्रित गर्न उद्यत् रहेको आरोप लगाएका हुन् ।
राज्यसत्ता कब्जा गर्ने नियत र विपक्षीलाई तोडमोड गरेर हैकम लाद्ने उद्देश्यले ल्याइएका विधेयक गलत थिए भन्दै वरिष्ठ नेता पौडेलले यति लामो लकडाउन गर्दासमेत किसान र मजदूरका लागि राहत कार्यक्रम नल्याएकोमा ओलीको आलोचना गरेका छन् ।
ओली सरकार बेइमान, बेकम्मा, भ्रष्टाचारी, स्वेच्छाचारी र नागरिकप्रति संवेदनहीन भएकोले ओलीबाट मुलुकमा सुशासन स्थापना हुन नसक्ने ठोकुवा गरे । प्रधानमन्त्रीको संरक्षणमा सांसद अपहरण जस्ता जघन्य अपराध भएको प्रसंग उल्लेख गर्दै पीडितले न्याय पाउन प्रहरी र सरकारी वकिलकहाँ जाँदा नपाउने अवस्थाको निन्दा गरेका छन् ।
अहिलेको विषम परिस्थितिमा नेपाली कांग्रेस मात्र जिम्मेवार बन्न सक्ने भन्दै सरकारको खबरदारी गर्दै जनताको उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार