बेलायतका प्रधानमन्त्री जोनसनलाई पुत्रलाभ
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बिहिबार १:४४:५९
१७ बैशाख एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उनकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएको जानकारी दिइएको छ । प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् ।
बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उनलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् ।
गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किनुभएको थियो । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उनी काममा फर्किएका थिए ।
उनले काममा फर्किएपछि दिएको प्रतिक्रियामा कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताए । उनले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार