आयोगद्वारा एघार भाषामा सचेतनामूलक सन्देश प्रसारण
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बिहिबार ३:५६:३३
१७ बैशाख काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको अवस्थामा नागरिकको कर्तव्य र मानव अधिकारको सम्बन्धमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले सातवटै प्रदेशका एफएम रेडियोबाट ११ भाषामा सचेतमूलक सन्देश प्रसारण गरिरहेको छ ।
नेपालीसहित मगर, चाम्लिङ, शेर्पा, अवधि, भोजपुरी, मैथिली, थारु, डोटेल, अछामी र नेवारी गरी ११ वटा भाषामा आयोगबाट सचेतनामूलक सन्देश प्रसारण भइरहेको आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समितिले कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न सरकारबाट भइरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयमा केन्द्रित भई अनुगमन गरिरहेको छ ।
आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समिति, आयोगका निर्देशक यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति, आयोगका प्रदेश कार्यालय प्रमुखको संयोजकत्वमा प्रदेशस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ । यसैगरी नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका जिल्लाका अध्यक्षमध्येबाट संयोजक रहने गरी ७७ वटै जिल्लाहरुमा जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिहरु गठन भई कार्य शुरु भइसकेको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार