ओलीको हातमा बामदेव कार्ड
इन्द्र रिजाल
बैशाख १८, २०७७ बिहिबार १७:१२:११
१८ बैशाख, काठमाडौं । नेपाली राजनीतिक क्षितिजमा विचित्रको पात्र हुन् – बामदेव गौतम । सधैं चर्चाका बीच रहने यो पात्र पद र शक्तिका लागि मरिहत्ते गर्नेमा दरिएका छन् । अस्थिर स्वभाव भएपनि पार्टीभित्र एउटा गुट चाहिं यिनले पनि बनाएका छन् । कहिले कसको पक्षमा त कहिले कसको पक्षमा देखिने यी पात्र फेरि चर्चामा छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानमन्त्रीका रुपमा यही पात्रको नाम उछालेका छन् ।
पार्टी राजनीतिमा कुनै न कुनै ढंगले यिनको साथ र सहयोग ओलीलाई बलियो बनाउमै खर्चियो । तर ओलीबाट उनले सधैं धोका मात्र पाए । त्यसैले पछिल्लो चरणमा उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट देखिएका छन् । प्रचण्डकै चाहना अनुसार उनले राष्ट्रियसभा सदस्यमा जान मञ्जुरी जनाएका थिए । तर ओली नै त्यसको बाधक बने । सधैं चर्चामा ल्याइने तर बेबकुफ बनाइने यो पात्रको नियति बनेको छ ।
हिजो फेरि त्यही तुरुप प्रयोग गरे ओलीले । ल मैले प्रधानमन्त्री पद छाड्नै पर्ने भए बामदेव कम्रेडलाई बनाउने शर्तमा तयार छु– ओलीले हिजो सचिवालय बैठकमा सबैलाई अवाक बनाउँदै भने । बामदेव पनि ओलीको प्रस्तावबाट उत्साहित भए ।सानो प्राप्तिमा पुलकित हुने बामदेवको स्वभाव छ । मीठा कुरामा दङ्ग हुने उनको बानी सबैलाई थाहा छ । त्यसको फाइदा कहिले प्रचण्ड उठाउँछन् त कहिले ओली ।
हस्ताक्षर नगरेपनि आवश्यक परे ओलीको पक्षमा उभिने वचन भने दिएकी थिइन् । यसैबाट पनि अब ओली फेरि बामदेव कार्ड प्रयोग गर्न अग्रसर भएको बुझ्न सकिन्छ ।तुलसा थापाको बालुवाटार प्रवेश र सघाउने वचनपछि ओली बामदेवप्रति सकारात्मक देखिए । यद्यपि बामदेव कार्ड आफ्नो रक्षाकवच मात्र हो की साँच्चै बनाउने मनसाय हो,त्यो हेर्न त केही समय कुर्नै पर्छ ।
हिजोको बैठकमा ओलीले बामदेवलाई इँगित गर्दै भने– तपाईंलाई प्रचण्डले भकुण्डो बनाउनु भो, हामी समकालिन नेताहरुमा सबै प्रधानमन्त्री भयौं, ल अब तपाईंलाई म बनाउन तयार छु । सके राष्ट्रियसभा सदस्यलाई बनाउन मिल्ने गरी संविधान संशोधन गरौंला, नत्र प्रतिनिधिसभामा ल्याएर भएपनि अबको प्रधानमन्त्री तपाईं नै हो । ओलीका कुरा कत्तिको संभव छ, त्यतातिर बामदेव गहिराईमा गएनन्, बरु भने– मलाई प्रस्ताव गर्नु भएकोमा धन्यवाद । तर व्यवहारमा आउनुप¥यो ।
यसको अर्थ अब बामदेवको कदम ओलीतिर अलि बढी नै चल्नेवाला छ । हिजो बालुवाटारमा ओलीले आफूनिकट सांसदहरुको हस्ताक्षर लिनेक्रममा बामदेव पत्नी तुलसा थापा पनि पुगिन् । हस्ताक्षर नगरेपनि आवश्यक परे ओलीको पक्षमा उभिने वचन भने दिएकी थिइन् । यसैबाट पनि अब ओली फेरि बामदेव कार्ड प्रयोग गर्न अग्रसर भएको बुझ्न सकिन्छ ।तुलसा थापाको बालुवाटार प्रवेश र सघाउने वचनपछि ओली बामदेवप्रति सकारात्मक देखिए । यद्यपि बामदेव कार्ड आफ्नो रक्षाकवच मात्र हो की साँच्चै बनाउने मनसाय हो,त्यो हेर्न त केही समय कुर्नै पर्छ ।
सचिवालय बैठकमा ओलीले स्पष्टै भने– कोरोना महामारी सकियोस्, अनि म राजीनामा दिन्छु, बामदेव कम्रेडलाई प्रधानमन्त्री बनाउँ । यति भनिसक्दा बामदेव प्रफुल्ल भए । उनले भने यदि ओलीले निकासका लागि म उपयुक्त पात्र ठान्नुभएको हो भने ठीक छ । मैले त सपनामा पनि सोचेको थिइन । निकास आउने अवस्थामा हामी नयाँ लफडातिर नलागौं, स्थायी कमिटी बैठक अब आवश्यक छैन, सचिवालयबाटै हल खोजौं ।
बामदेवले यति भनिसक्दा प्रचण्ड जिल्ल परे । ओलीले बामदेवलाई फेरि नयाँ गोटी बनाउन लागे भन्ने उनको मनमा प¥यो । तर यसमा उनले कुनै प्रतिक्रिया दिएनन् । हिजोसम्म प्रचण्ड र माधवले प्रयोग गरेको बामदेव कार्ड अब ओलीको हातमा परेको छ । हेरौं बामदेवले यो प्रस्तावलाई कसरी लिन्छन् वा ओलीले कुन बिन्दूमा पु¥याउँछन्,प्रतिक्षा गर्नै पर्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार