युवक हत्याको आरोपमा तीन सहकर्मी पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार २३:२३:४०
♦ धीरुभाई
१८ बैशाख, सप्तरी । सप्तरी प्रहरीले दुईसातापछि एक युवकको हत्याको आरोपमा तीन सहकर्मीलाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा स्थानीय सुजितकुमार मुखिया, प्याँप्याँ भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत ३० गते जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्वी कोशी तटबन्धमा लकडाउन जारी बेला सोही वडाका १९ वर्षिय सुरजकुमार साहको हत्या भएको थियो । मृतकको मुख तथा शरीरमा गम्भीर चोट रहेको तथा घटनास्थलमा रगतका छिट्टा देखिएको थियो । उक्त हत्याको विषयमा थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरबाट अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसरी भयो घटना : चोरीमा जिस्किदै ज्यान गयो
मृतकसहित उनीहरुले सो साँझ कोशी बाँधमा गाँजा खाएपछि चोरी गर्ने योजना बनाए । मृतकलाई चोरी गर्न ताला फोडन प्रयोग गरिने औजार, डोरी, बोरासहित एक घण्टापछि खाना खाएर एक बगैचामा भेला हुने योजना बनाइयो । सोही योजना अनुसार मृतकले ती समानसहित सोनपिच (सुलेशन) नामक लागुऔषध समेत भेलामा ल्याए । ती लागुऔषध मृतकसहित चारैजनाले खाएर लठिएपछि सो राती करिब १०ः३० बजे कंकालीनी मन्दिरको चोकमा उनीहरु जम्मा भएका थिए ।
सोही समयमा सुजितकुमार मुखियाले सुरज साहको साथमा भएको ताल्चा काट्ने कट्टरले जिस्किएर सुरज साहको टाउकोमा हानेपछि सुरज बेहोस भएर ढलेको अनुसन्धानबाट खुलेको छ । त्यसपछि तीनै जना मिलेर प्लास्टिकको बोरामा रहेको निलो रंगको लेसले सुरज साहको घाँटीमा बाँधी तान्दै गर्दा लात्ती र कट्टर समेतले प्रहार गरी बेहोस बनाएको प्रहरीसँगको बयानमा बताएका छन् । सुरज मरिसक्यो, यसलाई साइड लगाउनुपर्छ भनी सोही प्लास्टिकको बोरामा हाली भलुवातर्फ जाने कोशी बाँधको छेउमा लगेर फलामको खुकुरीले सुरज साहको टाउकोमा पुनः तीन–तीन पटक प्रहार गरी निजलाई रगताम्मे बनाई बाटो छेउकै झाडीमा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रसहितको प्रहरी टोलीले हत्यामा संलग्न फरार तीनै जनालाई पक्राउ गर्नुको साथै हत्यामा प्रयोग भएको फलाम काट्ने कट्टर, खुकुरी र बोरासहित बरामद गरेको छ । तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रवक्ता भारतीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार