भीरकोट नगरपालिकाको राहत कोषमा रकम आउने क्रम जारी
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ शुक्रबार १:३८:५८
१८ बैशाख स्याङ्जा । कोरोना भाइरस कोभिड १९ बाट प्रभावित भीरकोटबासीहरुको लागी विभिन्न संघ सस्थाहरुबाट राहत रकम आउने क्रम जारी रहेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट वच्न गरिएको लकडाउनबाट प्रभावित र अति विपन्न परिवारको लागि भीरकोटमा आएर बसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी वडा न १ निवासी समाजसेवी क्या. दुर्गा वहादुर थापाले रु २५,००० हजार र वडा न १ मा रहेको आँधीखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वयरघारीका सदस्य क्षेत्रबहादुर थापा र प्रबन्धक भरत खड्काले संयुक्त रुपमा राहत कोषमा जम्मा हुने गरी रु २५,००० हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोटबासीलाई नगरपालिका एक्लैले मात्र उनीहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगरभित्रका सरोकारवालाहरुको उत्तिकै सहयाेग आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडमा दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य भैरहेको बताए ।
साथै प्रमुख खनालले अझैपनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धित वडा अध्यक्षसँग सम्र्पक गर्न पनि आग्रह गर्दै राहत कोषमा सहयोग गर्ने समाजसेवी क्या.दुर्गा वहादुर थापा र आँधीखोला बचत तथा ऋण सहकारी संस्था लिलाई धन्यवाद व्यक्त गरे । हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १२ लाख १९ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
बालाजु बाइसधारा मेला आजदेखि सुरु, भक्तजनको घुईँचो
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार