जीविकोपार्जनमा कठिनाई भएका तीन हजार व्यक्तिलाई राहत
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ शुक्रबार २:५:४०
१८ बैशाख काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ले करिब तीन हजार विपन्न मानिसलाई राहत प्रदान गरेको छ । वडाभित्र बसोबास गरी जीविकोपार्जनमा कठिनाई भएका नागरिकको लगत सङ्कलन गरी उक्त वडा कार्यालयले चामल, चिउरा, दाल, नून र तेल वितरण गरेको छ ।
वितरण प्रणाली पारदर्शी बनाउन सम्बन्धित घरधनीको घर नं, नागरिकता नं, सम्पर्क नं, सिफारिसका साथै राहत लिनेको नागरिकता नं अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ । वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको छ । वडाभन्दा बाहिरका साधु, सन्त, शारीरिक अशक्तता भएका नागरिक, मिर्गौैला, कलेजो, अर्बुद रोगजस्ता दीर्घकालीन रोग भएका बिरामीको कागजात प्रमाणित गरी राहत सामग्री बाँडिएको वडा सदस्य रामबाबु कोइरालाले जानकारी दिए ।
वडाले प्रत्येक पटक प्रदान गरेको राहत वितरण कार्यक्रममा सामाजिक दूरी कायम गर्ने, गराउने, अन्य सहयोगको सहज व्यवस्थापनको प्रबन्ध गरेको छ । वितरण प्रणालीलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रदान गर्न सेना र प्रहरीको व्यवस्थापन गरिएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए ।
उनका अनुसार राहत वितरण गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका मानिसलाई विशेष प्राथमिकतामा राखेर मानवताका आधारमा महत्व दिइएको छ । राहत वितरणका लागि अहिलेसम्म करिब रु छ लाख खर्च गरेको वडाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार