वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार !
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १९:५१:२४
१९ बैशाख एजेन्सी । संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् ।
प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ ।वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शंकास्पद व्यक्तिलाई गिरफ्तार गर्नुका साथै उनको साथबाट एक थान बन्दुक समेत बरामद गरिएको बताए । उक्त गोली प्रहारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ ।
स्थानीय संचार माध्यमहरुले ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गोली प्रहार गरेका थिए । वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरु ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भिडभाड हुने गर्दछ । तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ ।
राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको कडा शब्दमा भत्र्सना गरेका छन् ।
कार्यबाहक राजदूत टेकाजले सार्वजनिक गरेको विज्ञप्तिमा वासिङ्टनस्थित क्युबाली दूतावासमा भएको घटनाप्रति कडा शब्दमा निन्दा गरे । सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीहरुमा सामूहिक गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ जना क्युबाली कुटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।
ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्रतिबन्धहरु पुनः लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार