लोगोको अनधिकृत प्रयोग नगरिदिन डब्ल्यूएचओ आग्रह
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार २२:४५:५१
१९ बैशाख काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ ।
नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगो अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सङ्गठनले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ – “यो लोगो प्रयोग भएको कुनै पनि सामग्री भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने सङ्केत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतीक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ ।”
लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुका लागि मात्र सीमित गरिएको पनि सङ्गठनले स्पष्ट गरेको छ ।
सङ्गठनको लोगो प्रयोग गर्न अनुमति प्राप्त गर्ने प्रक्रियाका लागि अवलम्बन गर्नुपर्ने निर्देशिका सङ्गठनको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिँदै सङ्गठनले सरोकारवालालाई सोही बमोजिम गर्न गराउन पनि अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
फिल्म आराधनाको एउटा गीत जो अहिले पनि हिट छ !
बैशाख ७, २०८१ शुक्रबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज सुन तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
बैशाख ७, २०८१ शुक्रबार