एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत
Advertisement

१९ बैशाख काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले शुक्रबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी-ट्वान्टी दुवैमा यथावत रहेको हो ।एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । नेपालले १८ रेटिङ अंक पाएको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

Advertisement

यस्तै टी-ट्वान्टीमा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले १ सय ८० रेटिङ अंक पाएको छ । नेपालको टी-ट्वान्टीमा ११ औं सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्