नेपालमा ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शनिबार ३:३२:५०
१९ बैशाख काठमाडौं । सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को ‘पीसीआर’ विधिबाट र ४७ हजार सात सय ९७ जनाको ‘आरडीटी’ विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २४ हजार ९०७ क्वारेन्टाइनमा रहेका र ९४ जना आइसोलेसनमा रहेका जानकारी दिए । आइसोलेसनमा रहेकामध्ये काठमाडौं उपत्यकामा पाँच जना रहेका छन् भने अन्य बाहिरका रहेका जानकारी गराइएको छ ।
गत २४ घण्टामा थप एक हजार ४४७ वटा परीक्षण गरिएको छ । आज कोरोना सङ्क्रमित पुष्टि भएका दुईसँगै हालसम्म नेपालमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । आज सङ्क्रमण भएका दुवै जना पुरुषलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीर्य र बाँकेको नेपालगञ्जका ६० वर्षीयमा सङ्क्रमण देखिएको हो । हालसम्म सङ्क्रमितमध्ये ४९ पुरुष छन् भने १० महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी रेडजोनमा ३१५ रहेका र तीनको स्वास्थ्यकर्मीमार्फत सम्बोधन भइरहेको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम हालसम्म २९ हजार ३८४ ले भरेका छन् ।
पछिल्लो सयम केही स्थानमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु नभएको गुनासो प्राप्त भएको भन्दै अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित सबै अस्पताललाई पुनः आग्रह गरिएको छ । आगामी दिनमा पनि बिरामीले सेवा नपाएको गुनासो आए मन्त्रालयले अनुगमन गरी कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हुँदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमितरुपमा खोप अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार