हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन सञ्चालन
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शनिबार ३:५१:२९
१९ बैशाख सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ ।
सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र शुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको बताए । सुनखानी प्राथमिक विद्यालयमा नेपाली पाठ्यपुस्तकसहित तिब्बतियन भाषा र ज्ञानका कुरा पनि पढाइ हुने गरेको छ । यो विद्यालयमा हाल ४५ विद्यार्थीले नियमित पठनपाठन गर्दै आएका छन् । जाङ र हल्जी गाउँमा अझैसम्म बाक्लो हिउँ भएकाले बाहिरका शिक्षक उपस्थित हुन नसक्दा स्थानीय शिक्षकले पठनपाठन गराइरहेका विद्यालयका प्रधानध्यापक कर्णजीत बुढाले जानकारी दिए ।
यस्तै वडा ६ मा पर्ने जाङ गाउँमा रहेको भृकुटी प्राविमा पनि पठनपाठन चलिरहेको छ । सरकारी दरबन्दीका शिक्षक विद्यालयमा नपुगे पनि स्थानीय करार शिक्षकले पठनपाठन गराइरहेका छन् । लिमी जाने दुई नाका नारा र न्यालु हिमपातले बन्द हुँदा शिक्षक जान सक्ने अवस्था छैन । यी विद्यालयमा अभिभावकको सहयोगमा बिहानको खाना र दिउँसोको खाजा विद्यालय मै व्यवस्था गरिएको छ । गाउँका सबैले पालैपालो विद्यार्थी तथा शिक्षकलाई खाना तथा खाजा पकाएर खुवाउने व्यवस्था गरिएको छ ।
वडा नं ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी उपत्यकाको भित्री क्षेत्रमा बन्दाबन्दीको कुनै प्रभाव नरहेको र अन्यत्रका मानिस कोही पनि आउन नपाउने स्थानीयको नियमले गर्दा पठनपाठन भइरहेको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले विद्यालय सञ्चालनबारे कुनै जानकारी नभएको बताए । सदरमुकाम सिमकोटबाट चार दिन पैदल हिँडेपछि लिमी पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार