२० दिनपछि सार्वजनिक भए नेता किम जोङ उन
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार १४:५:१५
२० बैशाख एजेन्सी । पश्चिमा मिडियाले गरेको मृत्युको प्रचारलाई फेरि झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका छन्। दक्षिण कोरियाली मिडियाले किम २० दिनपछि सार्वजनिक समारोहमा देखा परेको उल्लेख गर्दै उनको स्वास्थ्य सम्बन्धी खबरहरु हल्लामात्र सीमित भएको जनाएको छ।
प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उनी सहभागी भएका हुन्। उनी सहभागी भएको कार्यक्रमको फोटो तत्कालै सार्वजनिक गरिएको थियो। कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका थिए। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर बाहिर आएको हो।
अप्रिल ११ मा कोरोना भाइरसविरुद्धको एउटा छलफलमा सहभागी भएपछि किम जोङ उन सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। उनका हजुरबुबाको जन्मोत्सव समारोहमा सहभागीसमेत नभएपछि उनको स्वास्थ्य अवस्था बारे पश्चिमा मिडियाले खबरहरु सार्वजनिक गरेका थिए जसमा उनको मृत्युसम्मका जानकारी समेटिएका थिए। यसअघि पनि पटक पटक उनको मृत्युको खबर झुटो सावित भइसकेको छ।
२० यतिसम्म कि यसपाला किमपछि उत्तर कोरियाको नेतृत्वमा को आउँछ भन्ने आँकलनहरुसमेत मिडियाको खोजको विषय बनेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार