बिहिबार , बैसाख २, २०७८

दिल्लीका ११ जिल्ला मे १७ सम्म उच्च जोखिममा

दिल्लीका ११ जिल्ला मे १७ सम्म उच्च जोखिममा

२० बैशाख एजेन्सी । भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि ‘रेड जोन’ बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिए ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोना भाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताएका थिए । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिए । उनका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए।

उनले भने, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले संक्रमणमुत्तः भइसकेका छन् । देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ । दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत ३ दिन पहिले
आइतबारदेखि गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी आइतबारदेखि गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी ३ दिन पहिले
कैलाली ४९ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण कैलाली ४९ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण २ दिन पहिले
‘सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने’– जबरा ‘सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने’– जबरा ४ दिन पहिले
नेपालमा २४ घण्टामा थप ५५९ जना संक्रमित  नेपालमा २४ घण्टामा थप ५५९ जना संक्रमित  ३ दिन पहिले
निर्वाचनका लागि काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला निर्वाचनका लागि काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला ३ दिन पहिले
हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउछौ : कानूनमन्त्री यादव ६ घण्टा पहिले
नेपाल इन्भेष्टमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ? नेपाल इन्भेष्टमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ? १ दिन पहिले