आइतबार , बैसाख ५, २०७८

विषालु च्याउ खाँदा एकै परिवारका सात बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका सात बिरामी

२० बैशाख, लुम्बिनी । रुपन्देहीमा विषालु च्याउ खाँदा सात जना बिरामी भएका छन् । गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी हुनेमा १२ वर्षीया अनिषा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भैँसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गराइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । बिरामीको स्वास्थ्यावस्था अहिले सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय