सरकार ! आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने ?
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ आइतबार १६:७:५
२१ बैशाख, काठमाडौं । अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाली कांग्रेसले भयमुक्त र पक्षपातरहित पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । दिवसको अवसर पारेर कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र सञ्चार संस्थाले काम गर्न पाउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् ।
यसका लागि विपक्षी दलका नाताले कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ । सरकार र सरकारको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि उनले अपिल गरेका छन् । प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि नकारात्मक दृष्टि राख्न नहुने भन्दै सभापति देउवाले प्रश्न गरेका छन् । प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?
विज्ञप्तिमा भनिएको छ, कांग्रेसले कोभिड-१९ को महामारीले सञ्चारमाध्यमको विज्ञापनदेखि ढुवानीसम्ममा असर परेको तथा कैयौं पत्रकार बेतलबी रहने अवस्था आएकाले यो चुनौती कम गर्न पत्रकार र सञ्चारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न सरकारसंग आग्रह गरेको छ ।
महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको र यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएको भन्दै कांग्रेसले लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने कामविरुद्ध प्रखर रुपले उभिने पनि जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार