बुधबार , बैसाख ८, २०७८

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

२१ बैशाख, चितवन । सरकारले लागु गरेकाे लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए । उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ ।

दुई-चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउछन । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए।

चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ । होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए । भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिए ।

यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताए। लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चार वर्षपछि खाद्य कम्पनीको सीईओमा चन्द नियुक्त चार वर्षपछि खाद्य कम्पनीको सीईओमा चन्द नियुक्त ११ घण्टा पहिले
प्रधानमन्त्री निवास बालुवाटार मै प्रतिवन्धात्मक आदेशको उल्लङ्घन प्रधानमन्त्री निवास बालुवाटार मै प्रतिवन्धात्मक आदेशको उल्लङ्घन १६ घण्टा पहिले
जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण ८ घण्टा पहिले
सिभिल बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, साढे १७ लाख कित्ता शेयर खरिद माग सिभिल बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, साढे १७ लाख कित्ता शेयर खरिद माग १३ घण्टा पहिले
गितसंगितमै १९ विश्व किर्तिमानी थप्दै ५१ वटा वल्र्ड रेकर्ड बनाए उपाध्यायले गितसंगितमै १९ विश्व किर्तिमानी थप्दै ५१ वटा वल्र्ड रेकर्ड बनाए उपाध्यायले ११ घण्टा पहिले
 आज चैते दशैं, शक्तिपीठहरुमा भीडभाड नगर्न सरकारको आदेश  आज चैते दशैं, शक्तिपीठहरुमा भीडभाड नगर्न सरकारको आदेश १८ घण्टा पहिले
चैतेदशैँका अवसरमा आज कर्णालीमा सार्वजनिक बिदा चैतेदशैँका अवसरमा आज कर्णालीमा सार्वजनिक बिदा १६ घण्टा पहिले
भारतीय कांग्रेसका नेता राहुललाई संक्रमण भारतीय कांग्रेसका नेता राहुललाई संक्रमण ९ घण्टा पहिले