बिहिबार , बैसाख २, २०७८

विश्व प्रेस स्वतन्त्रता दिवस:- शासकहरु सच्चिने सही अवसर

विश्व प्रेस स्वतन्त्रता दिवस:- शासकहरु सच्चिने सही अवसर

Indra Rijal♠ इन्द्र रिजाल

आज मे ३, विश्व पत्रकारिता दिवस अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरिका पत्रकारहरुले विशेष कार्यक्रमका साथ आजको दिन बिताउने गर्छन् । तर यसपाला भने कोरोना भाइरसको संभावित संक्रमणको जोखिमका कारण सार्वजनिक कार्यक्रम मनाउने अवस्था रहेन । तर भिडियो कन्फरेन्स वा भर्चुअल कन्फरेन्समार्फत पत्रकारहरु कार्यक्रम गरिरहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालमा पनि विगत जस्तो सडकमा गएर कार्यक्रम गर्ने अवस्था यसपाला रहेन । लोकतन्त्रको सारथीका रुपमा रहने स्वतन्त्र प्रेस न्यायप्रेमी आम नागरिकको भरोसाको केन्द्र पनि हो । कुनैपनि मुलुकको राजनीतिक प्रणाली कस्तो छ भनेर परीक्षण गर्ने आधार भनेकै त्यहाँको प्रेसले उपभोग गरेको स्वतन्त्रतासँग गाँसिएको हुन्छ । नेपाल पनि विगत तीन दशकदेखि स्वतन्त्र प्रेसको उच्चतम प्रयोगमा अभ्यस्त छ । तर बेलाबेला प्रेसमाथि चोट लाग्ने गर्छ । शासक वर्गको कोपभाजनमा नेपाली प्रेसले पटकपटक हण्डर खानु परेको छ ।

सत्तामा आउनुअघि ओलीका लागि प्रेस स्वतन्त्रता मनपर्ने शव्द थियो । राष्ट्रवादी छवि भएको नेताको उपमा दिने पनि त्यही प्रेस जगत् नै हो । सत्ताको भ¥याङ उक्लिन पनि प्रेसको सहयोग लिइएको हो । तर सत्तामा पुग्नेवित्तिकै ओलीमा सनक चढ्यो । फलतः स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने प्रयत्न शुरु भए ।

०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली प्रेसले निर्वाह गरेको भूमिका उल्लेख्य थियो । मिसन जर्नालिजमलाई एक सूत्रीय अभियान बनाएर प्रेस जगत्ले खेलेको अतुलनीय भूमिका नेपाली पत्रकारिता क्षेत्रमा स्वर्णाक्षरले लेखिएको छ । तर निरंकुशताका पक्षधर शक्तिले स्वतन्त्र प्रेस रुचाएन । चाहे त्यो सशस्त्र माओवादीले गरेको व्यवहारबाट होस् वा राजा ज्ञानेन्द्रको सत्तालिप्साबाट उत्पन्न बिचलन नै किन नहोस् । प्रजातान्त्रिक कालखण्डमा समेत नेपाली प्रेस चेपुवामा परेको थियो ।

राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि जनताले अप्रत्यक्ष रुपमा स्वीकारोक्ति दिएकै थिए । राजनीतिक दलका नेता कार्यकर्ताले राजनीतिलाई पेशा बनाएर विकृति फैलाएको नागरिकलाई मन परेको थिएन । त्यसैले राजा ज्ञानेन्द्रले सत्ता हत्याउँदासमेत सडकमा ओर्लिएन नेपाली जनता । तर जब स्वतन्त्र प्रेसमाथि आक्रमणको सिलसिला आरम्भ भयो, जनता सडकमा आएका हुन् । यसको अर्थ अब स्वतन्त्र प्रेस नागरिकको जीवनपद्धति भईसकेको छ । त्यसपछिको अवस्था त हामीले देखेकै हौं ।

सत्ता बाहिर रहँदा नेपालका राजनीतिक दलका प्रिय रहन्छन् मिडिया । तर जब सत्तामा उक्लिन्छन्, अनि त्यही स्वतन्त्र प्रेस उसका लागि घाँडो बन्ने गर्छ । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री केपी ओली नै बनेका छन् । उनको शैली र प्रवृत्तिलाई नियाल्दा पुग्छ स्वतन्त्र प्रेसप्रतिको धारणा । सत्तामा आउनुअघि ओलीका लागि प्रेस स्वतन्त्रता मनपर्ने शव्द थियो । राष्ट्रवादी छवि भएको नेताको उपमा दिने पनि त्यही प्रेस जगत् नै हो । सत्ताको भ¥याङ उक्लिन पनि प्रेसको सहयोग लिइएको हो । तर सत्तामा पुग्नेवित्तिकै ओलीमा सनक चढ्यो । फलतः स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने प्रयत्न शुरु भए ।

संसारमा स्वतन्त्र प्रेसलाई लोकतन्त्रको सारथी मानिन्छ । प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको सुदृढीकरण हुन सक्दैन । तर नेपालमा भने ठीक उल्टो हुने गरेको छ । गणतन्त्र स्थापनापछि त नेपाली प्रेस अझै ठूलो संकटमा परेको छ । स्वतन्त्र प्रेसलाई आघात पुग्ने गरी निरन्तर हमला भईरहेका छन् । त्यसैको निरन्तरता नै ओलीको सोच र प्रवृत्ति हो । ओली दोस्रो पटक प्रधानमन्त्री भएयताका घटनाक्रमले त्यही पुष्टी गर्छ । ओलीको तारो नै स्वतन्त्र प्रेस बन्ने गरेका अनेकौं उदाहरण छन् ।
प्रधानमन्त्री ओली स्वतन्त्र प्रेसप्रति कतिको असहिष्णु र प्रतिशोधी छन् भन्ने बुझ्न उनका अभिव्यक्ति मात्रै काफी छन् ।

जनताप्रतिको उत्तरदायित्वबाट कोशौं टाढा रहेको सरकार प्रमुख ओली भन्छन्– सरकारले यति राम्रा काम गरेको छ, तर प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन् । कोरोना महामारीमा फ्रण्ट लाइनमा बसेर जनतालाई सुसूचित गर्ने पत्रकारप्रति उनी अझै आक्रमक छन् । एउटा प्रसंगमा उनले भने– लकडाउनले मारमा परेका मजदूरलाई स्थानीय निकाय र सरकारी अधिकारीले नदेख्ने तर काठमाडौंका पत्रकारले भेट्ने ? यति मात्र होइन, अस्ति मात्र मे दिवसका दिन उनले दिएको संदेशमा पनि देशमा राजनीतिक अस्थिरताका कारक नै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भनेर ठोकुवा गरिदिए ।

परिवर्तनका सच्चा वाहकका रुपमा रहेको स्वतन्त्र प्रेसमाथि धावा बोल्ने ओलीभन्दा मै हुँ भन्नेहरुसमेत तह लागेका छन् । त्यसैले ओलीका लागि यो सच्चिने अवसर पनि हो । जसरी हिजो उनले पार्टी सचिवालयमा आत्मालोचना गरे, त्यसैगरी आजैका दिन स्वतन्त्र प्रेसको सम्मान गर्ने प्रतिवद्धता जाहेर गरुन् । यसो गर्दा लोकतन्त्र बलियो हुने त छँदैछ, स्वयं ओलीको शाख पनि थोरै बच्ने छ ।

यस्ता विकृत सोच भएका शासकबाट प्रेस स्वतन्त्रताको रक्षा हुने कल्पना गर्न सकिन्न । नेपालको प्रेस स्वतन्त्रताको अवस्था क्रमश खस्कँदो छ । रिपोर्टर्स विदआउट बोर्डरले हालै प्रकाशित गरेको प्रेस फ्रिडम इन्डेक्स २०२० मा नेपाल गत सालभन्दा ६ स्थान खस्किएर ११२ औं स्थानमा पुगेको छ । लोकतन्त्रको उच्चतम अभ्यास हुने भनिएको संसदीय शासन प्रणाली अपनाउने हाम्रो देशको प्रेस स्वतन्त्रता खस्कनुको कारण अविवेकी शासक नै हो भन्ने स्पष्ट छ । गत वर्ष सरकारले स्वतन्त्र प्रेसलाई थला पार्ने गरी विभिन्न कानून तर्जुमाको प्रयास गरेको थियो । त्यो क्रम आउने वर्ष पनि जारी नै रहने देखिन्छ । गत वर्ष यही बेला सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक तथा सुचना प्रविधि बिधयेकले ठूलै हलचल ल्याएको हो । त्यसैले आगामी दिन नेपाली प्रेस जगतका लागि चुनौती अझै थपिने अवस्था छ ।

हाल कोरोना भाइरसले विश्व नै आक्रान्त छ । पत्रकारहरु यो संक्रामक भाइरससँग फ्रण्टलाइनमा रहेर संघर्ष गर्दैछन् ।कोरोना भाइरसकै कारण अहिलेसम्म ५५ जना पत्रकारले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि महामारीको जोखिम मोलेर काम गर्ने पत्रकारहरुको सुरक्षा सरकारले गर्न सकेको छैन । उल्टो प्रधानमन्त्री ओली तिनै पत्रकारप्रति कटाक्ष गर्न बुर्कसी मार्दैछन् । तर नेपाली प्रेस यस्ता शासकहरुसँग कहिल्यै झुकेन । परिवर्तनका सच्चा वाहकका रुपमा रहेको स्वतन्त्र प्रेसमाथि धावा बोल्ने ओलीभन्दा मै हुँ भन्नेहरुसमेत तह लागेका छन् । त्यसैले ओलीका लागि यो सच्चिने अवसर पनि हो । जसरी हिजो उनले पार्टी सचिवालयमा आत्मालोचना गरे, त्यसैगरी आजैका दिन स्वतन्त्र प्रेसको सम्मान गर्ने प्रतिवद्धता जाहेर गरुन् । यसो गर्दा लोकतन्त्र बलियो हुने त छँदैछ, स्वयं ओलीको शाख पनि थोरै बच्ने छ ।

आजको दिन सबै शासकहरुले प्रण गर्ने दिन हो स्वतन्त्र प्रेसको रक्षा गर्छु भनेर । सामाजिक सञ्जालमा लेखेकै भरमा जेल जानुपर्ने बिडम्बनायुक्त अवस्था अब नरहोस् । मिडिया काउन्सिल, आमसञ्चार, सूचना प्रविधि जस्ता विधेयकहरुमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेखालको कानून बनोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि बलिबेदीमा चढेका हजारौं नेपालीको आत्मसम्मानमा चोट लाग्ने अवस्था नआओस् । आजको पुनित दिनमा शासन सत्तामा रहेका सबैको चेत खुलोस् र स्वतन्त्र प्रेसको पूर्ण ग्यारेण्टीको वातावरण तयार होस् । साथै, सम्पूर्ण पत्रकारहरुलाई हार्दिक शुभकामना समेत ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय