बिहिबार , बैसाख २, २०७८

अर्थमन्त्री खतिवडाको खुल्यो भाग्य

अर्थमन्त्री खतिवडाको खुल्यो भाग्य

२१ बैशाख, काठमाडौं । सत्तारुढ नेकपाको हिजो साँझको चर्चित सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णयले अर्थमन्त्री डा. युवराज खतिवडालाई ठूलो त्राण मिलेको छ ।

करिब दुई महिनाअघि उनै बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिश गर्न सचिवालयले दिएको निर्देशन हिजोको बैठकले खारेज गरिदिएको छ । अब बामदेवलाई नलगी डा. खतिवडालाई सिफारिश गर्न ओलीका लागि सहज भएको छ । राष्ट्रियसभाको पहिलो कार्यकाल दुई वर्षमै समाप्त भएका डा. खतिवडालाई निरन्तरता दिन ओली चाहन्थे । तर बामदेवको नाम ल्याएर नेताहरुले अफ्ठेरो पार्न खोजेको भन्दै सचिवालयको निर्देशन अटेर गरेर बसेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सचिवालयको उक्त निर्णयले अर्थमन्त्री खतिवडाको पद केवल छ महिनाका लागि मात्र थपिएको थियो । नेपालको संविधान, २०७२ अनुसार संघीय सरकारको मन्त्री बन्न प्रतिनिधिसभा वा राष्ट्रियसभा मध्ये कुनै एकको सदस्य हुनैपर्ने बाध्यत्मक अवस्था छ । त्यसैले डा. खतिवडा ओली सरकारको तेस्रो बजेट ल्याएर बिदा हुने अनुमान गरिएको थियो ।

तर हिजोको सचिवालय बैठकले बामदेवको राष्ट्रियसभा च्याप्टर क्लोज गरिदिएपछि डा. खतिवडाले ओलीको सम्पूर्ण कार्यकाल काम गर्न पाउने अवस्था निर्माण भएको छ । अब खतिवडाले ६ बर्ष कै लामो कार्यकाल सांसद पद खान पाउने भएका छन् । संभवतः अब बस्ने मन्त्रिपरिषद बैठकले डा. खतिवडालाई रिक्त राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिश गरिने छ– बालुवाटार निकट स्रोतको दावी छ ।

डा. खतिवडालाई पार्टीका अन्य नेताहरुले त्यति नरुचाएपनि ओली भने उनकै भर परेका छन् । प्रधानमन्त्री ओली खेमाकै नेता ईश्वर पोखरेलले अर्थमन्त्री बन्ने चाहना गरेपनि पाएनन् । त्यस्तै नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन जोडबल गरेका थिए । तर प्रधानमन्त्री ओलीले डा. खतिवडालाई नै उक्त जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय