बिहिबार , बैसाख २, २०७८

इन्तेरियर डिजाइनरस एशोसियसनद्धारा सफाईकर्मीलाई स्वास्थ्य सामाग्री

इन्तेरियर डिजाइनरस एशोसियसनद्धारा सफाईकर्मीलाई स्वास्थ्य सामाग्री

२१ बैशाख, ललितपुर । विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न इन्तेरियर डिजाइनरस एशोसियसन अफ नेपाल (IDEA Nepal) ले विश्वव्यापी स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोभिद १९ को रोकथाम तथा नियन्बणका लागी सरकारले लागु गरेका लकडाउनमा सफाई कर्मीहरुलाई मास्क, बूट जुत्ता र पन्जा वितरण गरेको हो । (IDEA Nepal) का अध्यक्ष बिन्द्रा कछिपपि प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई महानगर कार्यालयको परिसरमा हस्तान्तरण गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति (IDEA Nepal)को प्रसंशा गर्दै कोरोना भाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका विभिन्न क्रियाकलापबारे जानकारी दिए ।

(IDEA Nepal) का अध्यक्ष बिन्द्रा कछिपति प्रधानले कोभिदको महामारीको समयमा पनि खटिरहेका सफाईकर्मीहरुलाई केही राहत सहयोग उपलब्ध गराउन पाउँदा (IDEA Nepal) गौरन्वावित भएको कुरा व्यक्त गरे । (IDEA Nepal) वि.सं. २०६० मंसिर १ गते स्थापित नेपालका इन्टेरियर डिजाइनरहरुको एक मात्र पेशागत संस्था भएको संस्थाका अध्यक्ष बिन्द्रा कछिपति प्रधानले नेपालबहस डटकमलाई बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय