बुधबार , बैसाख ८, २०७८

सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

२१ बैशाख, काठमाडौं । कोरोना भाइरसका कारण भारतमा अलपत्र परेका नेपालीहरुका बारेमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । आज दिउँसो एक्कासी बसेको मन्त्रिपरिषद् बैठकमा भारतमा अलपत्र परेका नेपालीका विषयमा छलफल भएको एक मन्त्रीले बताए ।

स्रोतका अनुसार लकडाउनका कारण भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने विषयमा बैठकमा मन्त्रीहरुले प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताए । १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिए । अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने क्याबिनेटको निश्कर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय