बाढीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएपछि किसान चिन्तित
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ आइतबार २२:१२:५३
२१ बैशाख, लहान । वर्षासँगै आएको बाढीका कारण सिरहास्थित कमला नदीको बगरमा लगाइएको तरकारी तथा फलफूल बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । कमला नदीको बगरमा लगाएको लौका, फर्सी, काँक्रो, तर्भुजालगायत तरकारी तथा फलफूल बाली बाढीका कारण नष्ट भएपछि किसान चिन्तित भएका हुन् ।
सिरहा नगरपालिकासहित कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका स्थानीयवासीले वर्षेनी नदीको बगरमा तरकारी तथा फलफूल खेती गर्दै आएका छन् । “हामी खेतमै काम गरिरहेका थियौँ”, सिरहा नगरपालिका–१७ का किसान श्रवण यादवले भने, “बाढीले हेर्दाहेर्दै दुई बिघामा लगाइएको लौका, फर्सी, काँक्रो र तर्भुजामा क्षति पु¥यायो । हामीले केही गर्नै सकेनौँ ।”
साहुसँग ऋण लिएर यस वर्ष दुई बिघा क्षेत्रफलमा लौका, फर्सी र काँक्रो र तर्भुजा लगाए पनि कमला नदीको बाढीले क्षति पु¥याएपछि ऋण कसरी चुक्ता गर्ने भने चिन्ता थपिएको उनको दुखेसो छ । “साहुबाट रु ५० हजार ऋण लिएर दुई बिघा क्षेत्रफलमा तरकारी र फलफूल खेती गरेँ, तर यतिबेला बाढीले सबै बाली नष्ट पारेपछि साहुको ऋण चुक्ता गर्न र परिवार गुजारा चलाउन समस्या भएको छ”, यादवले भने, “आम्दानीको मुख्य स्रोत नै तरकारी खेती हो, यसैबाट परिवार चलाउँदै आएको छु, तर पूरै बाली नै बाढीले बगाएपछि चिन्ता थपिएको छ ।”
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले विगत एक महिनादेखि गरेको लकडाउनका कारण उत्पादित तरकारी र फलफूल बजारसम्म पु¥याउन नसक्दा समस्यामा परेका किसान बाढीले बाढी नै क्षति गरेपछि थप मारमा परेका छन् । “खेतमा लगाइएको तर्भुजा र काँक्रो बजार लैजाने योग्य भइसकेको थियो”, स्थानीय अर्का किसान उद्धव महतोले भने, “एकातिर लकडाउनका कारण समयमा बजार लैजान नसक्दा त्यत्तिकै नष्ट भइरहेको थियो, त्यसमा पनि अहिले बाढीले पूरै बाली नै बगाएर नष्ट पारेपछि हामी थप मारमा परेका छौँ ।” अब के गर्नु नगर्नु भन्ने चिन्तामा डुबेको उनको भनाइ छ ।
“अघिल्लो वर्ष बाली राम्रो भएकाले आम्दानी पनि राम्रै भएको थियो”, उनले अगाडि थपे, “त्यसैले यस वर्ष तीन बिघा क्षेत्रफलमा लौका, फर्सी, काँक्रो लगाएँ, तर के गर्नु लकडाउन र बाढीले पूरै चौपटै पा¥यो”, लगानी सबै बालुवामा पानी झै भएको उनले दुखेसो पोखे । “कहिले जङ्गलबाट आउने निलगाई, त कहिले गाउँलेहरुले छाडा छाड्ने गाईवस्तुले बालीनालीमा क्षति पु¥याउने गरेकाले यस वर्ष बगरमै छाप्रो बनाएर खेती गरेँ”, महतोले भने, “गाईवस्तुबाट जोगाएर बाली राम्रै फलाए तर यतिबेला आएर नदीको बाढीले पूरै बाली नै सखाप पारेपछि निरास बनेका छौँ ।” मेहेनत र लाखौँ लगानी दुवै खेर गरेपछि चिन्ता बढाएको उनको भनाइ छ ।
लकडाउनका कारण उत्पादित तरकारी र फलफूल बजारसम्म लैजान नपाएकाले वैकल्पिक व्यवस्था मिलाइदिन पटक–पटक स्थानीय सरकार र जनप्रतिनिधिलाई आग्रह गर्दै आए पनि समयमा कुनै पहल नभएकाले ठूलो खेप्नुपरेको किसानको गुनासो छ । “स्थानीय सरकारले समयमै कृषि उत्पादन बजारसम्म पु¥याउने वैकल्पिक व्यवस्था गरिदिएको भए यस्तो समस्या खेप्नुपर्ने थिएन”, सिरहा नगरपालिका–१७ का किसान श्रीनारायण यादवले भने, “स्थानीय सरकारले कुनै पहल नगरिदिएकाले यतिबेला हामी न घरको न घाँटको भएका छौँ ।” त्यसैले मारमा परेका हामीलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको कथन छ ।
यता सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले कमला नदीको बाढीबाट बालीनालीमा भएको क्षतिको यकिन गरी राहत उपलब्ध गराउने बताए । “किसानले लगाएको तरकारी खेतीमा क्षति पुगेको बारेमा मलाई पनि जानकारी आएको छ”, नरप्रमुख यादवले भने, “क्षतिको विवरण सङ्कलन गर्न वडाध्यक्षलाई भनिसकेको र वडाबाट विवरण आएपछि मूल्याङ्कन गरी किसानलाई राहत दिन्छौँ ।” राहतबाहेक अन्य सुविधाका लागि पनि किसानलाई सिफारिस गर्ने नगरप्रमुख यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार