बुधबार , बैसाख ८, २०७८

भीरकोट नगरपालिको कोषमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको सहयोग

भीरकोट नगरपालिको कोषमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको सहयोग

२१ बैशाख, स्याङ्जा । भीरकोट नगरपलिकाको राहत कोषमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले बीस हजार सहयोग गरको छ ।

माहामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न गरिएको लकडाउनबाट प्रभावित र अति विपन्न भीरकोटबासी र काम गर्नको लागि भीरकोटमा आएर बसेकाहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा भीरकोट नगरपालिका वडा न १ वयरघारीमा प्रधान कार्यालय रहेको श्री माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति र व्यवस्थापन समितिका पदाधीकारीको उपस्थितिमा संस्थाका अध्यक्ष डोलराज ढुङ्गानाले उक्त सहयोग नगर प्रमुख छायाँराम खनाललाई प्रदान गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम बुझ्दै प्रमुख खनालले कोभिड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोटबासीलाई नगरपालिका एक्लैले मात्र उनीहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगरभित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वडाका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको बताए ।

साथै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने समबन्धित वडा अध्यक्षसँग सम्र्पक गरी नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग गरेकोमा माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्था लिलाई धन्यवाद व्यक्त गरे ।

हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १२ लाख ३९ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय