आइतबार , बैसाख ५, २०७८

गल्याङ नगरपालिकामा दोश्रो चरणमा राहत वितरण सुरु

गल्याङ नगरपालिकामा दोश्रो चरणमा राहत वितरण सुरु

२१ बैशाख, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा दोश्रो चरणको राहत वितरण सुरु भएको छ । नगरपालिका भित्रका अति विपन्नहरुलाई छनौट गरी राहत वितरण गर्न आइतबार सुरु गरिएको हो ।

आइतबार गल्याङ नगरपालिका वडा नम्बर तीनमा राहत वितरण सुरु गरिएको छ । नगरप्रमुख भुपराज अधिकारीले वडाध्यक्ष महेश भट्टराईलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएपछि राहत वितरण सुरु भएको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले वास्तविक पीडितहरु सामु राहत पु¥याउने शिलसिलामा वडा नम्बर तीनबाट दोश्रो चरणको राहत वितरण सुरु गरिएको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले धेरै विपन्नहरु बजार क्षेत्र रहेको वडा नम्बर तीनमा रहेकाले यस ठाउँबाट नै राहत बाँडिएको बताए । नगरप्रमुख अधिकारीले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न नगरपालिका सधैं प्रतिबद्व रहेको बताए । वास्तविक पिडीतहरुसम्म नगरपालिकाका जनप्रतिनिधिहरु नपुगेको भए खबर गर्न उनले आग्रह गरे । कार्यक्रममा वडाध्यक्ष महेश भट्टराईले वडा भित्र रहेका अति विपन्नहरुलाई छनौट गरी राहत बाँड्न सुरु गरिएको बताए ।

उनले एक सय नौ परिवारका चार सय १९ जना लाई राहत वितरण गर्न लागिएको बताए । अध्यक्ष भट्टराईले सबै विपन्नहरुलाई राहत बाँड्नका लागि नगरपालिका र वडा सधैं क्रियाशिल रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय