बुधबार , बैसाख ८, २०७८

भीरकोटमा दोस्रो चरणको राहत वितरण सम्पन्न, सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमा प्रमुख

भीरकोटमा दोस्रो चरणको राहत वितरण सम्पन्न, सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमा प्रमुख

२१ बैशाख, स्याङ्जा । विश्व भरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को उच्च सर्तकाताको लागि नेपालमा गरिएको लकडाउन बाट प्रभावित अति बिपन्न परिवरको लागि भिरकोट नगरपलिकाले दोस्रो चरणको राहत वितरण सम्पन्न गरेको छ ।

लकडाउन बाट प्रत्यक्ष रुपमा प्रभावित अति विपन्न,गरिव, असाय र ज्यालादारी गरी साँझ विहानको छाँक टार्दै आएका भीरकोट वासी जनतालाई एक महिना सम्म खाना खान पुग्ने खाद्यान्न सामाग्री सहित भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल टोल संयोजकहरुको साथ अशक्त,असाय र हिडडुल गर्न नस्कने लाभग्राहीलाई घर घरमा पुगी राहत सहित सामाजिक सुरक्षा भत्ता प्रदान गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो चरणमा ८४० जना र दोस्रो चरणमा १४ सय ३९ घरपरिवारलाई राहत सामाग्री वितरण गरी सकिएको नगर प्रवत्ता दिपेन्द्र केसीले जानकारी दिए । २ जना घर परिवार भएको घरमा १० केजी चामल, २ केजी दाल, २ केजि नुन र १ लिटर तेल त्यसैगरी २ जनाको परिवार देखी ५ जना सम्मको परिवारलाई २० केजी चामल,२ केजी दाल,२ केजी नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवार भन्दा माथीको लाई २५ केजी चामल,२ केजी दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप एक महिना सम्म खान पुग्ने गरी वितरण गरीएको वताउदै प्रमुख खनालले भीरकोट नगरपालिकाका ९ वटा वाडमा जेष्ठ नागरीक १७२२ जाना,एकल महिला ६० वर्ष माथीका ४४३ जाना,एकल महिला ६० वर्ष मुनिका ६७९ जाना जेष्ठ नागरीक दलित २६५ जाना पूर्ण अपाँग ७६ जाना,आम्सीक अपाँग १०७ गरी ३२५४ जना लाभग्राहीलाई दोस्रो चौमासिकको २ करोड १९ लाख ३३ हजार २ सय ८० रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरी सकिएको भन्दै प्रमुख खनालले अशक्त, असाय र हिडडुल गर्न नस्कने वृद्ध वुवा आमालाई उनिहरुकै घर दैलोमा गएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य पनि राहत वितरण संगसगै सम्पन्न भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय