बिहिबार , बैसाख २, २०७८

आज लकडाउन उल्लघंन गर्ने १ हजार २११ जना नियन्त्रणमा

आज लकडाउन उल्लघंन गर्ने १ हजार २११ जना नियन्त्रणमा

२१ बैशाख, काठमाडौं । सरकारले लागु गरेको लकडाउनलाई उल्लघंन गर्ने ३ सय १७ महिलासहित १२ सय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा विहान ६ बजे देखि साझ ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी ६ सय ८ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ६ सय ४७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी ८ सय ८८, ललितपुरमा ३ सय २५ जनालाई नियन्त्रणमा लिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १४२ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कर्णाली सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता कर्णाली सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता ४ हप्ता पहिले
आज माओवादी केन्द्रका चार जना सांसदको पद गुम्ने आज माओवादी केन्द्रका चार जना सांसदको पद गुम्ने ७ दिन पहिले
सरकारका कामकारबाहीमाथि अनुगमन गर्न सभामुख र सभापतिहरुबीच छलफल सरकारका कामकारबाहीमाथि अनुगमन गर्न सभामुख र सभापतिहरुबीच छलफल ४ हप्ता पहिले
वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने १ हप्ता पहिले
अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु २ हप्ता पहिले
राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना २ हप्ता पहिले
म्यान्मारमा सुरक्षाकर्मीको आक्रमणमा परी ८२ प्रदर्शनकारीकाे मृत्यु म्यान्मारमा सुरक्षाकर्मीको आक्रमणमा परी ८२ प्रदर्शनकारीकाे मृत्यु ४ दिन पहिले
नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति २ दिन पहिले